BIZMANDU
www.bizmandu.com

सेयर बजारमा १७१ कम्पनीको बढ्यो मूल्य, दुईमा पोजेटिभ सर्किट लाग्दा ३ अर्ब ५३ करोडको किनबेच

२०८३ साउन २८

सेयर बजारमा १७१ कम्पनीको बढ्यो मूल्य, दुईमा पोजेटिभ सर्किट लाग्दा ३ अर्ब ५३ करोडको किनबेच
सेयर बजारमा १७१ कम्पनीको बढ्यो मूल्य, दुईमा पोजेटिभ सर्किट लाग्दा ३ अर्ब ५३ करोडको किनबेच


काठमाडौं। सेयर बजार ८.८१ अंकले बढेको छ। नेप्से परिसूचक बिहीबार २६५१.२१ अंकमा पुगेको छ। कारोबारमा आएका लगानी, म्युचुअल फण्ड र व्यापार बाहेकका उपसमूहले बजार बढाएका हुन्।

Tata
GBIME

उत्पादन तथा प्रशोधन क्षेत्रको सूचक सबैभन्दा धेरै ०.५७ प्रतिशतले बढेको छ। १७१ कम्पनीको मूल्य बढेको छ।

दुई कम्पनीमा पोजेटिभ सर्किट लागेको छ। हालै आइपीओ जारी गरेर दोस्रो बजार कारोबारमा आएका सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज र माउन्टेन एभरेष्ट पावर डेभलपमेन्टको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।

बजारमा सूचकसँगै सेयर कारोबार रकम बढेको छ। बुधबार ३ अर्ब ५३ करोड रुपैयाँको सेयर किनबेच भएकोमा बिहीबार कारोबार रकम ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ भएको छ।

घलेम्दी हाइड्रोपावरको सबैभन्दा धेरै २९ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १६ करोड ६९ लाख र सोलु हाइड्रोपावरको १५ करोड ७० लाख रुपैयाँको सेयर किनबेच भएको छ।

८६ कम्पनीको सेयर मूल्य घटेको छ भने १९ कम्पनीको स्थिर छ। इमर्जिङ नेपालको सबैभन्दा धेरै ५.११ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको छ।