BIZMANDU
www.bizmandu.com

रिलायबल समृद्धि योजनाको लाभांश घोषणा, इकाइधनीलाई १० करोड १० लाख प्रतिफल

२०८३ साउन २८

रिलायबल समृद्धि योजनाको लाभांश घोषणा, इकाइधनीलाई १० करोड १० लाख प्रतिफल
रिलायबल समृद्धि योजनाको लाभांश घोषणा, इकाइधनीलाई १० करोड १० लाख प्रतिफल

काठमाडौं। रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले रिलायबल समृद्धि योजनाको लाभांश घोषणा गरेको छ।

GBIME
Tata

योजनाका इकाइधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट करसहित ८.४२ प्रतिशतले हुन आउने १० करोड १० लाख ५२ हजार रुपैयाँ बराबरको नगद लाभांश पाउनेछन्।

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल व्यवस्थापक रहेको रिलायबल समृद्धि बन्दमुखी प्रकृतिको सामूहिक लगानी कोष योजना हो। यसको कोष प्रवर्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ।

क्यापिटलले लाभांश प्रयोजनका लागि भदौ १० गते बुक क्लोज तोकेको छ। बुक क्लोजअघि कायम सेयरधनीले कोषको प्रतिफल पाउनेछन्।