BIZMANDU
www.bizmandu.com

डिपल नेभो क्यू०५ नेपाल भित्रिँदै, विश्व बजारमा हालसम्म १ लाख युनिट डेलिभरी

२०८३ साउन २८

डिपल नेभो क्यू०५ नेपाल भित्रिँदै, विश्व बजारमा हालसम्म १ लाख युनिट डेलिभरी
डिपल नेभो क्यू०५ नेपाल भित्रिँदै, विश्व बजारमा हालसम्म १ लाख युनिट डेलिभरी


काठमाडौं। लगातार चार महिना चीनमा सर्वाधिक बिक्री हुने कम्प्याक्ट एसयूभी बनेको डिपल निभो अल न्यू क्यू०५ नेपालमा सार्वजनिकअघि विश्वबजारमा तीव्र विस्तार भइरहेको छ। यसको कुल बिक्री एक लाख युनिट नाघिसकेको छ।

Tata
GBIME

डिपल निभोले अगस्ट ११ मा सार्वजनिक गरेको विवरणअनुसार क्यू०५ जुलाईमा मात्र १८ हजार ८७१ युनिट डेलिभरी भएको छ। यससँगै यो मोडल चीनको कम्प्याक्ट एसयूभी बिक्रीमा लगातार चौथो महिना पहिलो स्थानमा कायम रहेको छ।

यो सन् २०२६ को पहिलो ६ महिनामा कुल बिक्रीका आधारमा चीनमा सर्वाधिक बिक्री हुने कम्प्याक्ट प्योर इलेक्ट्रिक एसयूभीसमेत बनेको कम्पनीले जनाएको छ।

क्यू०५ अब अन्तर्राष्ट्रिय बजार विस्तारमा केन्द्रित भएको छ।

मार्च २०२६ मा बैंकक इन्टरनेसनल मोटर शोमार्फत थाइल्यान्डमा पहिलोपटक प्रदर्शन गरिएको क्यू०५ मे महिनामा त्यहाँ आधिकारिक रूपमा सार्वजनिक भएको थियो। सार्वजनिक भएको दुई साता नपुग्दै यसले ३ हजारभन्दा बढी अर्डर प्राप्त गरेको विवरण सार्वजनिक भएको छ।

थाइल्यान्ड चांगानको विश्वव्यापी विस्तार रणनीतिको महत्त्वपूर्ण केन्द्र हो। कम्पनीले ‘मेड इन थाइल्यान्ड, सोल्ड टु द वर्ल्ड’ रणनीतिअन्तर्गत थाइल्यान्डलाई उत्पादन तथा निर्यात केन्द्रका रूपमा विकास गरिरहेको छ।

जुन महिनामा क्यू०५ उज्बेकिस्तानमा प्रवेश गर्दै दक्षिणपूर्वी एसियाबाट मध्यएसियासम्म विस्तार भएको छ। चांगानले स्थानीय साझेदारसँगको सहकार्य गहिरो बनाउँदै आगामी वर्षदेखि उज्बेकिस्तानमा क्यू०५ को सीकेडी उत्पादन सुरु गर्ने योजना बनाएको जनाइएको छ।

यो इलेक्ट्रिक एसयूभीलाई आगामी दिनमा इन्डोनेसिया, मध्य तथा दक्षिण अमेरिका र युरोपका विभिन्न बजारमा समेत विस्तार गर्ने योजना छ। यसको अन्तर्राष्ट्रिय यात्रामा नेपाल पनि नयाँ गन्तव्य बन्दै गरेको कम्पनीले जनाएको छ।

समग्र दिपल निभो ब्रान्डले जुलाईमा विश्वभर ३९ हजार ८४१ युनिट गाडी डेलिभरी गरेको छ। ब्रान्डको एक्यू सिरिजले अघिल्लो वर्षको तुलनामा १०३ प्रतिशत वृद्धि हासिल गरेको छ। यस वृद्धिको प्रमुख आधारमध्ये अल न्यू क्यू०५ एक बनेको भनिएको छ।

चांगानले विश्वभर ७९ सहायक कम्पनी, ७६ उत्पादन केन्द्र र १९ हजारभन्दा बढी बिक्री तथा सेवा केन्द्र सञ्चालन गरिरहेको छ। कम्पनीका उत्पादन ११५ देश तथा क्षेत्रमा निर्यात भइरहेको जनाइएको छ।

एक लाखभन्दा बढी कुल बिक्री, लगातार चार महिनाको चिनियाँ बजार नेतृत्व र विभिन्न अन्तर्राष्ट्रिय बजारमा बढ्दो उपस्थितिसहित क्यू०५ नेपाल आउन लागेको हो। यसले क्यू०५ लाई नेपाली बजारमा नयाँ मात्र नभई बिक्री र बजार स्वीकार्यताबाट प्रमाणित इलेक्ट्रिक एसयूभीका रूपमा प्रस्तुत गर्ने कम्पनीको दाबी छ।