BIZMANDU
www.bizmandu.com

माण्डु हाइड्रोपावरले घोषणा गर्‍यो लाभांश, सेयरधनीलाई १२ प्रतिशत नगद दिने

२०८३ साउन २८

माण्डु हाइड्रोपावरले घोषणा गर्‍यो लाभांश, सेयरधनीलाई १२ प्रतिशत नगद दिने
माण्डु हाइड्रोपावरले घोषणा गर्‍यो लाभांश, सेयरधनीलाई १२ प्रतिशत नगद दिने

काठमाडौं । माण्डु हाइड्रोपावरले लाभांश घोषणा गरेको छ। कम्पनी संचालक समितिको बैठकले सेयरधनीलाई प्रतिफल वितरणको निर्णय गरेको हो।

GBIME
Tata

हाइड्रोपावरका लगानीकर्ताले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट चुक्ता पुँजी १ अर्ब ३६ करोडको १२ प्रतिशतले हुन आउने रकम नगद लाभांश पाउनेछन्।

कम्पनीको साधारण सभा र नियामक निकायको स्वीकृति भएपछि सेयरधनीले रकम प्रतिफल पाउनेछन्।

हाइड्रोपावरले आर्थिक वर्ष २०८१/८२ मा सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको थियो।