BIZMANDU
www.bizmandu.com

शिवम् सिमेन्टको नाफा ७८ करोड ४४ लाख, प्रति सेयर आम्दानी १४.०३ रुपैयाँ

२०८३ साउन २८

शिवम् सिमेन्टको नाफा ७८ करोड ४४ लाख, प्रति सेयर आम्दानी १४.०३ रुपैयाँ
शिवम् सिमेन्टको नाफा ७८ करोड ४४ लाख, प्रति सेयर आम्दानी १४.०३ रुपैयाँ


काठमाडौं। आर्थिक वर्ष २०८२/८३ मा शिवम् सिमेन्टले ७८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको आम्दानी घट्दा नाफामा सामान्य गिरावट आएको छ।

GBIME
Tata

शिवमले २०८१/८२ मा ७९ करोड ८१ लाख रुपैयाँ नाफा कमाएकामा गत वर्ष १.७२ प्रतिशतले घटेको हो। कम्पनीको सञ्चालन आम्दानी १०.८७ प्रतिशत घटेको छ। प्रति सेयर नेटवर्थ १४.०३ रुपैयाँ र प्रति सेयर नेटवर्थ १८८.७६ रुपैयाँ छ।

शिवम् सिमेन्टको वित्तीय स्थिति (रुपैयाँमा)

सूचक२०८२/८३२०८१/८२फरक %
चुक्ता पुँजी५५९३२२८७१३५४५६८०८५००२.५
खुद नाफा७८४४७४१५१७९८१८६८५१-१.७२
सञ्चालन आम्दानी६९२२६५७४२०७७६६५७६३९७-१०.८७
अन्य आम्दानी१३३२१३६६६१३७४५६८२१-३.०९
वित्तीय लागत१०९६०५४६९१७६७०३१९.४४
कुल खर्च८०८१६५५७८९३१६४०८७८-१३.२५
प्रति सेयर आम्दानी१४.०३१४.६३-४.१
प्रति सेयर नेटवर्थ१८८.७६१८८.५३०.१२
स्रोत:कम्पनीको ब्यालेन्स सिट

मकवानपुरको मझुवामा कारखाना रहेको शिवमले जर्मन र अत्याधुनिक युरोपेली प्रविधि प्रयोग गरेर सिमेन्ट उत्पादन गर्दै आएको छ। यो सेयर बजारको उत्पादकमूलक क्षेत्रमा सबैभन्दा बढी बजार पुँजीकरण र कारोबार हुने कम्पनीहरूमध्ये पर्छ।