BIZMANDU
www.bizmandu.com

राष्ट्रिय सतर्कता केन्द्रबाट ११ हजार कर्मचारीलाई कारबाही गर्न पत्र, वार्षिक प्रतिवेदन बालेनको हातमा

२०८३ साउन २७

राष्ट्रिय सतर्कता केन्द्रबाट ११ हजार कर्मचारीलाई कारबाही गर्न पत्र, वार्षिक प्रतिवेदन बालेनको हातमा
राष्ट्रिय सतर्कता केन्द्रबाट ११ हजार कर्मचारीलाई कारबाही गर्न पत्र, वार्षिक प्रतिवेदन बालेनको हातमा

काठमाडौं। राष्ट्रिय सतर्कता केन्द्रले एक वर्षमा ११ हजार १०१ जना कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ।

Tata
GBIME

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको केन्द्रले गत आर्थिक वर्ष देशभरका १ हजार ५७७ सरकारी कार्यालयको अनुगमन गरी समय पालना नगर्ने ९ हजार ६९७ र तोकिएको पोशाक नलगाउने १ हजार ४०४ कर्मचारीलाई कारबाही गर्न सम्बन्धित कार्यालयलाई सिफारिस गरेको हो।

केन्द्रले गत आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका काम समेटिएको वार्षिक प्रतिवेदन बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष पेस गरेको छ।

केन्द्रमा गत आर्थिक वर्ष अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ४२९ सहित २ हजार ५६६ उजुरी परेका थिए। तीमध्ये ७२ प्रतिशत अर्थात १ हजार ८५४ उजुरी फर्छ्योट गरेको केन्द्रले प्रतिवेदनमा उल्लेख गरेको छ।

केन्द्रले दैनिकरूपमा आचारसंहिता पालना, फाइल ट्र्याकिङ, सरकारी सवारी साधनको प्रयोगमा नियमन र बिचौलिया नियन्त्रण जस्ता विषयमा पनि निगरानी गरिरहेको बताएको छ।