BIZMANDU
www.bizmandu.com

टप ग्लोबल इन्भेस्टमेन्टकी सञ्चालक नविना पक्राउ, घरजग्गा धितोमा ऋण दिएको आरोप

२०८३ साउन २७

टप ग्लोबल इन्भेस्टमेन्टकी सञ्चालक नविना पक्राउ, घरजग्गा धितोमा ऋण दिएको आरोप
टप ग्लोबल इन्भेस्टमेन्टकी सञ्चालक नविना पक्राउ, घरजग्गा धितोमा ऋण दिएको आरोप

काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा एक महिलालाई पक्राउ गरेको छ।

Tata
GBIME

प्रहरीले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका घर भएकी ४१ वर्षीय नविना गुरुङलाई नियन्त्रणमा लिएको हो।

उनीमाथि काठमाडौंको महाराजगञ्जमा टप ग्लोबल इन्भेस्टमेन्ट नामको कम्पनी खोलेर कुनै पनि निकायबाट अनुमति नलिई ऋण प्रवाह गर्ने गरेको आरोप छ।

परिसरका एसपी दान थापाले घरजग्गा कारोबारको नियामक निकायबाट अनुमति नलिई घरजग्गा धितो राखी ऋण प्रवाह गरेको पाइएकाले नविनालाई नियन्त्रणमा लिएको जानकारी दिए।

उनीमाथि फाराम भर्न लगाएर सुरुमा नै २० प्रतिशत रकम जम्मा गरेपछि घर जग्गाको मूल्यांकन गरेर बढी ब्याजदरमा ऋण दिने गरेको आरोप छ। प्रहरीले काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।