BIZMANDU
www.bizmandu.com

मध्यमस्तरीय करदाता कार्यालयकी कवितालाई अर्थमन्त्री वाग्लेले मन्त्रालयमा गरे सरुवा

२०८३ साउन २७

मध्यमस्तरीय करदाता कार्यालयकी कवितालाई अर्थमन्त्री वाग्लेले मन्त्रालयमा गरे सरुवा
मध्यमस्तरीय करदाता कार्यालयकी कवितालाई अर्थमन्त्री वाग्लेले मन्त्रालयमा गरे सरुवा

काठमाडौं। मध्यमस्तरीय करदाता कार्यालयकी प्रमुख कर प्रशासक कविता रेग्मी अर्थ मन्त्रालयमा सरुवा भएकी छन्।

Tata
GBIME

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयमा दुई वटा महाशाखा नेतृत्वविहीन भएका कारण रेग्मीलाई सरुवा गरेका हुन्।

रेग्मीको स्थानमा तत्काल कसैलाई पठाइएको छैन। ३ वर्ष लगातार ५० करोडदेखि १ अर्बसम्म कारोबार गरेका व्यावसायिक प्रतिष्ठान मध्यमस्तरीय करदाता कार्यालय मातहत रहन्छन्। करिब साढे ५०० प्रतिष्ठानलाई हेर्ने कार्यालयलाई राजस्व प्रशासनको महत्त्वपूर्ण निकायका रुपमा हेरिन्छ।

रेग्मी गत पुसमा आन्तरिक राजस्व विभागको उपमहानिर्देशकबाट मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासक बनेकी थिइन्।