काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेल जोडिएको सम्पत्ति शुद्धीकरणको पुरक अभियोगमा विवादस्पद व्यापारी दीपक भट्टलाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र हेमन्त रावलको इजलासले उनीहरुलाई साधारण तारेखमा समेत बस्न नपर्ने गरी आदेश गरेको हो। त्यस्तै, जगदम्बा ग्रुपका अध्यक्ष शुलभ अग्रवाललाई पनि सोही आदेश गरिएको हो।
सो मुद्दामा पूर्वअर्थमन्त्री पौडेल साउन १ गते साधारण तारेखमा रिहा भइसकेका छन्।
भट्ट र अग्रवाल अर्को सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि हाल थुनामा छन्।
उनीहरुविरुद्ध धितोपत्र र बीमा ऐन कसुरमा समेत जिल्ला अदालत कठमाडौंमा मुद्दा विचाराधीन छ।