BIZMANDU
www.bizmandu.com

आयल निगमले संसदीय समितिमा भन्यो- एक साताभित्र ग्यासको आपूर्ति सहज हुन्छ

२०८३ साउन २७

आयल निगमले संसदीय समितिमा भन्यो- एक साताभित्र ग्यासको आपूर्ति सहज हुन्छ
आयल निगमले संसदीय समितिमा भन्यो- एक साताभित्र ग्यासको आपूर्ति सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले एक साताभित्र एलपी ग्यासको आपूर्ति सहज हुने दाबी गरेका छन्।

Tata
GBIME

उनले बुधबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा भारतबाट ग्यास आयात बढिरहेकाले एक साताभित्र आपूर्ति सहज हुने बताएका हुन्। उनका अनुसार मंगलबार १३४ बुलेट ग्यास भित्रिएको छ।

केही दिनयता देशैभर ग्यास अभाव देखिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली विकास निर्माण गर्न लागेको बताइन्।