BIZMANDU
www.bizmandu.com

सर्वोत्तम पेन्ट्सको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार मूल्य ३०० रुपैयाँसम्म

२०८३ साउन २७

सर्वोत्तम पेन्ट्सको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार मूल्य ३०० रुपैयाँसम्म
सर्वोत्तम पेन्ट्सको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार मूल्य ३०० रुपैयाँसम्म

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिजको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण भएको छ। नेप्से र कम्पनीबीच बुधबार सूचीकरण सम्झौता भएको हो।

Tata
GBIME

इन्डष्ट्रिजको ३४ लाख कित्ता सेयर नेप्सेमा थपिएको छ। सूचीकरण सेयरमध्ये २५ प्रतिशतले हुन आउने ८ लाख ५० हजार कित्ता आइपीओ‌ हो भने २५ लाख ५० हजार कित्ता संस्थापक सेयर हो।

नेप्सेमा सूचीकरण भएसँगै लगानीकर्ताले बिहीबारदेखि सेयर किनबेच गर्न सक्नेछन्। कम्पनीको संस्थापक सेयरमा भने तीन वर्षे लकइन अवधि लाग्छ।

सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिजलाई नेप्सेले १०० देखि ३०० रुपैयाँ पहिलो कारोबार मूल्य तोकेको छ।