काठमाडौं। एनआईसी एशिया बैंकका ग्राहकले बालुवाटारस्थित हेल्थी च्वाइस एस्थेटिक हस्पिटलमा छुट पाउने भएका छन्।
छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ। समझदारीअनुसार बैंकका ग्राहकले उक्त हस्पिटलमा सेवा लिँदा विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट पाउने छन्।
ग्राहकले हेयर ट्रान्सप्लान्टेसन एण्ड रेस्ट्रोरेसन, डरमाटोलोजी एण्ड स्किन ट्रिटमेन्ट, एस्थेटिक एण्ड बडी स्लिमिङ अन्तर्गतका हस्पिटलले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउने बैंकले बताएको छ।
त्यसैगरी, प्लाष्टिक सर्जरी अन्तर्गतका सेवाहरूमा ५ हजारदेखि १० हजारसम्मको छुट सुविधा उपलब्ध छ। औषधि, यूएसजी, टीएमटी, ईसीजी जस्ता सेवामा १० प्रतिशतको छुट पाइने बैंकले जानकारी दिएको छ।
बैंकको मोबाइल बैंकिङ सेवा (मोबैंक), डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी उक्त छुट सुविधा प्राप्त गर्न सकिनेछ। यस सहकार्यले ग्राहकलाई छुट उपलब्ध हुनुका साथै डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।