BIZMANDU
www.bizmandu.com

एमजी एचएस पीएचइभीको मूल्य १ करोड ४० लाख, नाइमा अफरमा ३ लाख छुट

२०८३ साउन २७

एमजी एचएस पीएचइभीको मूल्य १ करोड ४० लाख, नाइमा अफरमा ३ लाख छुट
एमजी एचएस पीएचइभीको मूल्य १ करोड ४० लाख, नाइमा अफरमा ३ लाख छुट


काठमाडौं। पारामाउन्ट मोटर्सले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरेको नयाँ एमजी एचएस पीएचइभीको मूल्य १ करोड ३९ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

Tata
GBIME

नाइमा अफरअन्तर्गत भने यसको मूल्य १ करोड ३६ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। एक्स्पोमा ३ लाख रुपैयाँ छुट पाइनेछ। कम्पनीले एचएस पीएचइभीलाई नाइमा एक्स्पोमा सार्वजनिक गरेको हो।

यो गाडीमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन, २४.७ किलोवाट घण्टाको ब्याट्री र १५४ किलोवाटको विद्युतीय मोटर छ। इन्जिन र मोटरको संयुक्त अधिकतम शक्ति २२० किलोवाट तथा टर्क ३५० न्युटन मिटर छ।

गाडीमा १९ इन्चको टायर, २ हजार ७६५ मिलिमिटर ह्विलबेस र १७६ मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ। १२.३ इन्चका दुई स्क्रिन, ३६० डिग्री क्यामेरा, वायरलेस एप्पल कारप्ले/एन्ड्रोइड अटो, वायरलेस चार्जिङ र पानोरामिक सनरुफजस्ता सुविधा छन्।

सुरक्षातर्फ क्रुज कन्ट्रोल, स्वचालित आपत्कालीन ब्रेकिङ, लेन किप असिस्ट, ब्लाइन्ड स्पट डिटेक्सन र चालक निगरानी प्रणाली लगायतका सुविधा दिइएको छ।