BIZMANDU
www.bizmandu.com

चिनियाँ राष्ट्रपतिले चढ्ने ब्रान्डको नयाँ एसयूभी ईएचएस४ नेपालमा, नाइमामा किन्दा दुई लाख सस्तो

२०८३ साउन २७

चिनियाँ राष्ट्रपतिले चढ्ने ब्रान्डको नयाँ एसयूभी ईएचएस४ नेपालमा, नाइमामा किन्दा दुई लाख सस्तो
चिनियाँ राष्ट्रपतिले चढ्ने ब्रान्डको नयाँ एसयूभी ईएचएस४ नेपालमा, नाइमामा किन्दा दुई लाख सस्तो


काठमाडौं । चिनियाँ राष्ट्रपतिले समेत प्रयोग गर्ने प्रिमियम सवारीसाधन ब्रान्ड हङ्चीको नयाँ विद्युतीय एसयूभी ईएचएस४ नेपालमा सार्वजनिक भएको छ।

Tata
GBIME

नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको ईएचएस४ हङ्चीको नेपाल प्रवेश गर्ने नयाँ विद्युतीय मोडल हो।

हङ्ची चीनको प्रतिष्ठित प्रिमियम सवारीसाधन ब्रान्ड हो। चिनियाँ राष्ट्रपति तथा उच्च सरकारी अधिकारीहरूको आधिकारिक सवारीमा समेत हङ्चीका विभिन्न मोडल प्रयोग हुँदै आएका छन्।

ईएचएस४ मा ६७.३ किलोवाट आवरको ब्याट्री र १६० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ। मोटरले अधिकतम २४० न्युटन मिटर टर्क उत्पादन गर्छ। कम्पनीले दिएको विवरणअनुसार ईएचएस४ ले एकपटक पूर्ण चार्जमा ४६० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ।

तीव्र चार्जिङ प्रविधिबाट ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब २० मिनेट लाग्ने बताइएको छ। यसमा ३.३ किलोवाटसम्मको गाडीबाट बाहिरी उपकरण चलाउन सकिने सुविधा समेत उपलब्ध छ।

सुरक्षातर्फ ईएचएस४ मा विद्युतीय स्थिरता नियन्त्रण, एन्टिलक ब्रेकिङ प्रणाली, ट्र्याक्सन नियन्त्रण, हिल होल्ड नियन्त्रण र हिल डिसेन्ट नियन्त्रणजस्ता सुविधा छन्। त्यस्तै, गाडीमा अनुकूली क्रुज नियन्त्रण, लेनमा केन्द्रित राख्ने प्रणाली, लेनबाट बाहिरिँदा चेतावनी दिने प्रणाली, स्वचालित आपत्कालीन ब्रेकिङ, ब्लाइन्ड स्पट पहिचान र ३६० डिग्री क्यामेरा उपलब्ध छन्।

चालकको अवस्था निगरानी गर्ने प्रणाली र जीवन पहिचान रडारसमेत राखिएको छ। गाडीको भित्री भागमा १४.६ इन्चको केन्द्रीय टचस्क्रिन, १२.३ इन्चको डिजिटल उपकरण प्रदर्शन र १२ वटा स्पिकर उपलब्ध छन्।

ईएचएस४ को लम्बाइ ४,५२० मिलिमिटर, चौडाइ १,८७३ मिलिमिटर र उचाइ १,६४७ मिलिमिटर छ। यसको सामान राख्ने ठाउँ ३९३ लिटरको रहेकोमा पछाडिका सिट फोल्ड गर्दा १,३०० लिटरसम्म विस्तार गर्न सकिन्छ।

यो गाडीको मूल्य नेपालमा ५९ लाख ९९ हजार रुपैयाँ हो। नाइमामा भने यो गाडीको मूल्य ५७ लाख ९९ हजार रुपैयाँ राखिएको छ।