काठमाडौं। बरुण हाइड्रोपावरले आर्थिक वर्ष २०८२/८३ मा २ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीले अघिल्लो वर्षभन्दा १७.६९ प्रतिशतले नाफा वृद्धि गरेको हो।
आव २०८१/८२ मा कम्पनीले १ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो। विद्युत बिक्रीबापत कम्पनीले १० करोड ९२ लाख रुपैयाँ नाफा कमाएको छ। यो रकम अघिल्लो वर्षभन्दा १२.५९ प्रतिशत धेरै हो।
विद्युत बिक्री आम्दानी बढ्दा र लागत घट्दा बरुण हाइड्रोपावरको नाफा बढेको हो।
कम्पनीको दुई आर्थिक वर्षको वित्तीय अवस्था रुपैयाँमा
| सूचक | २०८२/८३ | २०८१/८२ | फरक % |
| खुद नाफा | २३३६७२१५ | १९८५५२१२ | १७.६९ |
| सञ्चालन नाफा | ८१०७९७९९ | ८३०५३०४२ | -२.३८ |
| विद्युत बिक्री आम्दानी | १०९२३८००५ | ९७०२१४७४ | १२.५९ |
| वित्तीय लागत | २३४६२६८३ | २८७९४३५७ | -१८.५२ |
| प्रति सेयर आम्दानी | २.०८ | – | – |
| प्रति सेयर नेटवर्थ | १०८.१९ | – | – |