BIZMANDU
www.bizmandu.com

धनुषा प्रहरीको चोरीपैठारी नियन्त्रण अभियान : ८१ लाखभन्दा बढीको अवैध सामान बरामद

२०८३ साउन २७

धनुषा प्रहरीको चोरीपैठारी नियन्त्रण अभियान : ८१ लाखभन्दा बढीको अवैध सामान बरामद
धनुषा प्रहरीको चोरीपैठारी नियन्त्रण अभियान : ८१ लाखभन्दा बढीको अवैध सामान बरामद


जनकपुरधाम। भन्सार चोरीपैठारी नियन्त्रण अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो २६ दिनमा ८१ लाख ७ हजार ७८६ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।

Tata
GBIME

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार साउन १ गतेदेखि २६ गतेसम्ममा विभिन्न स्थानबाट ८१ लाख ७ हजार ७८६ बराबरको अवैध सामान बरामद गरी ५ जनालाई पक्राउ गरेको छ।

यस्तै, सो अवधिमा लागुऔषधसहित २४ जनालाई पक्राउ गरी १९ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले भएको जानकारी दिए। सो क्रममा ३४ किलो गाँजा, १८५.८२ ग्राम खैरोहेरोइन, २४३ थान नाइट्रोजेपाम, ५ थान स्पास्मोरेटल, १४ थान एन्टिकफ ट्याब्लेट र ९ थान कोलिबेन बरामद गरिएको उनले बताए।

त्यसैगरी, हातहतियारसम्बन्धी एउटा मुद्दा दर्ता गरिएको र ३ जना व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ। बरामद हातहतियारमा पेस्तोल एक थान, पेस्तोलको म्यागजिन १ थान, ७.६५ केएफ लेखिएको गोली एक थान र ९ एमएम केएफ लेखिएको गोली राउन्ड १ थान गरी ५ थान सामग्री रहेको प्रहरीले जनाएको छ।

उनका अनुसार फैसला कार्यान्वयन अभियानलाई पनि तीव्रता दिएको छ। यस अवधिमा ४१० वटा पक्राउ पुर्जी कार्यान्वयन गरिएको छ।

विभिन्न अदालतबाट फैसला भएका व्यक्तिमाथि कारबाही गर्दै १५८ वर्ष ८ महिना ७ दिन कैद सजाय कार्यान्वयन गरिएको तथा जरिवाना ६३ लाख ७७ हजार २६१ रुपैयाँ असुल गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए। रासस