BIZMANDU
www.bizmandu.com

दुई तिहाइको सत्तापक्ष हुँदा पनि प्रतिनिधि सभामा पुगेन कोरम, कम्तीमा ६९ हुनुपर्नेमा ६१ उपस्थित

२०८३ साउन २६

दुई तिहाइको सत्तापक्ष हुँदा पनि प्रतिनिधि सभामा पुगेन कोरम, कम्तीमा ६९ हुनुपर्नेमा ६१ उपस्थित
दुई तिहाइको सत्तापक्ष हुँदा पनि प्रतिनिधि सभामा पुगेन कोरम, कम्तीमा ६९ हुनुपर्नेमा ६१ उपस्थित

काठमाडौं। दुई तिहाइको सत्तापक्ष रहेको प्रतिनिधि सभामा गणपूरक संख्या नपुगेपछि खानी तथा खनिप पदार्थसम्बन्धी विधेयकको कारबाही रोकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मात्र प्रतिनिधि सभामा सभामुखबाहेक १८१ सदस्य छन्।

Tata
GBIME

विधेयकमाथिको विचार गरियोस् प्रस्ताव छलफलपछि निर्णयार्थ पेसका क्रममा नेपाली कांग्रेसका निश्कल राईले गणपूरक संख्या यकिनको माग गरेका थिए।

राईको माग अनुसार गणपूरक यकिन गर्दा ६१ जना मात्र उपस्थित थिए। नेपालको संविधानको धारा ९४ को व्यवस्था अनुसार कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्दा कम्तीमा एक चौथाइ सदस्य उपस्थित हुनुपर्छ।

२७५ सदस्यीय प्रतिनिधि सभामा गणपूरक पुग्न कम्तीमा ६९ सदस्य उपस्थित हुनुपर्छ।