BIZMANDU
www.bizmandu.com

वाणिज्य विभागले तीन वटा ग्यास उद्योगमा गर्‍यो अनुगमन, धरहरा टपरी म:मलाई ५ हजार जरिबाना

२०८३ साउन २६

वाणिज्य विभागले तीन वटा ग्यास उद्योगमा गर्‍यो अनुगमन, धरहरा टपरी म:मलाई ५ हजार जरिबाना
वाणिज्य विभागले तीन वटा ग्यास उद्योगमा गर्‍यो अनुगमन, धरहरा टपरी म:मलाई ५ हजार जरिबाना


काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार विभिन्न तीन वटा ग्यास उद्योगमा अनुगमन गरेको छ।

Tata
GBIME

विभागले श्रीराम ग्यास उद्योग, गौरीशंकर ग्यास उद्योग र सिद्धार्थ ग्यास उद्योगमा अनुगमन गरेको हो।

ललितपुर महानगर-२८ स्थित श्रीराम ग्यास उद्योगलाई सरकारले तोकेको मापदण्ड पालना गरी ग्यास बिक्रीमा सहजीकरण गर्न र बढी आवश्यक स्थानमा आपूर्ति बढाउन विभागले निर्देशन दिएको छ।

यस्तै ललितपुरको बालकुमारीस्थित गौरीशंकर ग्यास उद्योगलाई ग्यासको अनावश्यक मौज्दात कायम नगर्न ,कृत्रिम अभाव सृजना हुन नदिन निर्देशन दिएको विभागले जनाएको छ।

ललितपुर महानगरमै रहेको सिद्धार्थ ग्यास उद्योगलाई पनि विभागले समानुपातिक रुपमा वितरण प्रणाली कायम गर्ने, अनावश्यक मौज्दात नराख्न, डिलरहरुलाई मागका आधारमा सिलिण्डर पठाउन निर्देशन दिएको छ।

धरहरा टपरी म:मलाई विभागले जरिबाना गरेको छ। विभागले काठमाडौंको सुन्धारास्थिति म:म पसललाई उपभोक्ता संरक्षण ऐन अनुसार खरिद बिल नभएको भन्दै मंगलबर ५ हजार रुपैयाँ जरिबाना गरेको हो।