BIZMANDU
www.bizmandu.com

नाइमा एक्स्पोमा राखिएका गाडी किन्न सस्तो ब्याजदरका स्किम, कुनको मासिक किस्ता कति?

२०८३ साउन २६

नाइमा एक्स्पोमा राखिएका गाडी किन्न सस्तो ब्याजदरका स्किम, कुनको मासिक किस्ता कति?
नाइमा एक्स्पोमा राखिएका गाडी किन्न सस्तो ब्याजदरका स्किम, कुनको मासिक किस्ता कति?


काठमाडौं। नाइमा मोबिलिटी एक्स्पोमा अटो व्यवसायीले विभिन्न नयाँ ब्राण्ड र मोडलका सवारीसाधन सार्वजनिक गरेपछि ग्राहकमा खरिदका लागि सुरुमा तिर्नुपर्ने मूल्यलाई लिएर चासो बढेको छ।

Tata
GBIME

नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा भृकुटीमण्डपमा मंगलबार सुरु भएको मोबिलिटी एक्स्पोमा करिब २ दर्जन नयाँ ब्राण्ड र मोडलका गाडी सार्वजनिक गरिएको छ।

एक्स्पोमा न्यूनतम २८ लाख ९९ हजार रुपैयाँदेखि अधिकतम ३ करोड ८० लाख रुपैयाँ मूल्यका गाडी राखिएका छन्।

डेन्जाको बी ८ मोडलको गाडीको मूल्य सबैभन्दा धेरै ३ करोड ८० लाख र सबैभन्दा कम टियागो फेसलिष्टको मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

मोबिलिटी एक्स्पोलाई लक्षित गरी बैंकहरुले सस्तो ब्याजदरमा अटो कर्जाको स्किम ल्याएका छन्। ग्लोबल आइएमई बैंकले ५.२५ प्रतिशत ब्याजदरमा अटो कर्जाको स्किम ल्याएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र रेग्मीले नाइमा अटो शो लक्षित गरी सस्तो ब्याजदरको अटो कर्जा स्किम ल्याएको बताए।

‘हाम्रो बेसरेट ४.७५ प्रतिशत छ। बेसरेटमा ०.५० प्रतिशत प्रिमियम थप गरी नाइमा लक्षित कर्जा स्किम ल्याएका छौं,’ उनले भने,’ न्यून ब्याजदरको स्किमले कर्जा बढ्ने अपेक्षा छ।’

कृषि विकास बैंकले ४.७९ प्रतिशत ब्याजदर र नेपाल बैंकले ५ प्रतिशत ब्याजदरमा अटो कर्जा दिइरहेका छन्। अधिकांश बैंकहरुले ५ देखि साढे प्रतिशत ब्याजदरमै अटो कर्जा दिन थालेका छन्। कतिपय बैंकले बेसरेटमा प्रिमियम नथपिकनै बर्जा दिने स्किम ल्याएका छन्।

गाडी खरिदका लागि ग्राहकले सबै रकम सुरुमै तिर्नु पर्दैन। सुरुमा डाउनपेमेन्ट गरेर मासिक किस्ताको सुविधामा आफूले चाहेको गाडी किन्न पाइन्छ।

कुन गाडी खरिद गर्दा मासिक किस्ता कति तिर्नु पर्छ त?

सबैभन्दा महँगो डेन्जाको बी८ गाडी खरिद गर्दा ग्राहकले मासिक ३ लाख २२ हजार रुपैयाँ किस्ता तिर्नुपर्छ। राम्रो आम्दानी हुनेले ४० प्रतिशत अर्थात १ करोड ५२ लाख रुपैयाँ डाउनपेमेन्ट गरी ७ वर्षका लागि बैंकबाट ऋण लिँदा मासिक ३ लाख २२ हजार २५३ रुपैयाँका दरले किस्ता तिर्नुपर्ने हुन्छ। ५ प्रतिशत ब्याजदरलाई आधार मानेर मासिक किस्ताको हिसाब निकालिएको हो।

सवारीसाधन खरिद गर्न चाहनेलाई बैंकहरुले अहिले लोन टू भ्यालु रेसियो ६० प्रतिशत कायम गरी कर्जा दिने गरेका छन्। यसको मतलव १ करोड करोडको गाडी खरिद गर्दा ४० लाख डाउन पेमेन्ट गर्दा बैंकले ६० लाख रुपैयाँ कर्जा दिन्छन्।

नाइमामा सबैभन्दा सस्तो टियागो फेसलिष्टको मूल्य २८ लाख ९९ हजार रुपैयाँ राखिएको छ। यो गाडी खरिद गर्न ११ लाख ५९ हजार ६०० रुपैयाँ डाउनपेमेन्ट गरी मासिक २४ हजार ५८६ लाख रुपैयाँ किस्ता तिर्नुपर्छ।

त्यसैगरी, ३२ लाख ९९ हजार रुपैयाँ मूल्यको पञ्च इभी फेसलिष्ट खरिद गर्न १३ लाख डाउनपेमेन्ट गरी मासिक २७ हजार ९७६ रुपैयाँ किस्ता तिर्नुपर्छ।

एक्स्पोमा बीवाइडीले आधा दर्जन नयाँ मोडलका गाडी राखेको छ। जसमा न्यूनतम ३० लाख ७५ हजारदेखि अधिकतम ७८ लाख रुपैयाँ पर्ने गाडी छन्।

बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले एटो१ डाइनामिकको मूल्य ३० लाख ७५ हजार र एटो३ सुपेरियरको मूल्य ७८ लाख रुपैयाँ राखेको छ।

एटो१ डाइनामिक खरिद गर्न १२ लाख ३० हजार डाउनपेमेन्ट गरी मासिक २६ हजार ७७ रुपैयाँ किस्ता बुझाउँदा हुन्छ। एटो३ सुपेरियर किन्न ३१ लाख २० हजार डाउनपेमेन्ट गरी मासिक ६६ हजार १४६ रुपैयाँ किस्ता तिर्नुपर्छ।

एटो३ एडभान्स्डको मूल्य ६२ लाख ९० हजार, एटो२ प्रिमियमको ४८ लाख ९९ हजार र एटो२ इसेन्सियलको मूल्य ४५ लाख ९५ हजार राखिएको छ।

महिन्द्राले दुई नयाँ मोडल ल्याएको छ। एक्सएइभी ९एसमा सवार हुने चाहनेले मासिक ५० हजार किस्ता तिर्नुपर्छ।

हुन्डाईले तीन वटा मोडल सार्वजनिक गरेको छ। भेन्यु फेसलिष्ट-बेसको मूल्य ४८ लाख ९६ हजार, भेन्यु फेसलिष्ट-हाइको मूल्य ६७ लाख ९६ हजार र आयोनिक९ को मूल्य २ करोड १९ लाख ९६ हजार रहेकामा भेन्यु फेसलिष्ट-बेस खरिद गर्न १९ लाख ५८ हजार ४०० रुपैयाँ डाउनपेमेन्ट गरी मासिक ४१ हजार ५१९ रुपैयाँ किस्ता तिर्नुपर्छ।

निसानले टेकटन मोडल गाडी सार्वजनिक गरी मूल्य ५१ लाख २९ हजार रुपैयाँ तोकेको छ। यो गाडी खरिद गर्न २० लाख ५२ हजार डाउनपेमेन्ट गरी मासिक ४३ हजार ४९५ रुपैयाँ किस्ता तिर्नुपर्छ।

चेरीको क्यू३ कम्फर्टको मूल्य ३० लाख ९९ हजार र क्यू३ प्रिमियमको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ रहेकामा क्यू३ कम्फर्ट खरिद गर्न १२ लाख ३९ हजार ६०० रुपैयाँ डाउनपेमेन्ट गरी २६ हजार २८० रुपैयाँ मासिक किस्ता तिर्नुपर्छ।

त्यसैगरी, बीएआइसीको बीजे३० को मूल्य १ करोड १९ लाख रुपैयाँ छ। यो गाडी खरिद गर्न ४७ लाख ९८ हजार डाउनपेमेन्ट गरी मासिक १ लाख १ हजार ७३० रुपैयाँ किस्ता तिर्नुपर्छ।

टोयोटाले २ नयाँ मोडल भित्र्याएको छ। नयाँ हाइलक्सको मूल्य १ करोड ५५ लाख र र्‍याप फोर हाइब्रीड इभीको मूल्य २ करोड १३ लाख तय गरिएको छ। नयाँ हाइलक्स खरिद गर्न ६२ लाख डाउनपेमेन्ट गरी मासिक १ लाख ३१ हजार किस्ता र र्‍याप फोर हाइब्रिड खरिद गर्न ८५ लाख डाउनपेमेन्ट गरी मासिक १ लाख ८० हजार ६३१ रुपैयाँ किस्ता तिर्नुपर्छ।

एक्स्पोमा वुलिङ ब्रान्डको इक्सन र डारियन मोडलका गाडी बिक्रीमा राखिएको छ। इक्सनको मूल्य ५५ लाख ९९ हजार रहेकाले खरिद गर्न २२ लाख ३९ हजार डाउनपेमेन्ट गरी मासिक ४७ हजार ४८१ रुपैयाँ किस्ता तिर्नुपर्छ।

डेन्जा ब्रान्डका बी५ र बी८ नयाँ मोडल सार्वजनिक गरिएको छ। बी५ को मूल्य १ करोड ९७ लाख र बी८ को मूल्य ३ करोड ८० लाख रुपैयाँ कायम गरिएको छ।

बी५ खरिद गर्न १ करोड १८ लाख डाउनपेमेन्ट गरी मासिक २ लाख ५१ हजार र बी८ खरिद गर्न १ करोड ५२ लाख डाउनपेमेन्ट गरी मासिक ३ लाख २२ हजार हजार रुपैयाँ किस्ता बुझाउनु पर्छ।

ब्राण्ड/कम्पनीमोडल/भेरियन्टमूल्य (रुपैयाँ)डाउनपेमेन्ट रकम (रुपैयाँ)फाइनान्सिङ रकम (रुपैयाँ)मासिक किस्ता (रुपैयाँ)
निसान टेकटन ५१ लाख २९ हजार२० लाख ५१ हजार ६००३० लाख ७७ हजार ४००४३,४९५
बीवाइडी एटो१ डाइनामिक रु ३० लाख ७५ हजार१२३००००१८४५०००२६,०७७
बीवाइडी एटो१ प्रिमियम ३४ लाख ८० हजार१३९२०००२०८८०००२९,५११
बीवाइडी एटो२ इसेन्सियल ४५ लाख ९५ हजार१८३८०००२७५७०००३८,९६७
बीवाइडी एटो२ प्रिमियम ४८ लाख ९९ हजार१९५९६००२९३९४००४१,५४५
बीवाइडी एटो३ एडभान्स्ड (फेसलिफ्ट) ६२ लाख ९० हजार२५१६०००३७७४०००५३,३४१
बीवाइडी एटो ३ सुपेरियर (फेसलिफ्ट) ७८ लाख३१२००००४६८००००६६,१४६
चेरी क्यू३ कम्फर्ट३० लाख ९९ हजार (एमआरपी : ३४.४९ लाख)१२३९६००१८५९४००२६,२८०
चेरी क्यू३ प्रिमियम३२ लाख ९९ हजार (एमआरपी : ३५.९९ लाख)१३१९६००१९७९४००२७,९७६
टोयोटा नयाँ हाइलक्स १ करोड ५५ लाख६२०००००९३०००००१३१,४४५
टोयोटा र्‍याभ फोर हाइब्रिड इभी २ करोड १३ लाख८५२००००१२७८००००१८०,६३१
बीएआइसी बीजे३०/बीजे३०ई १ करोड १९ लाख ९६ हजार४७९८४००७१९७६००१०१,७३०
वुलिङ इक्सन ५५ लाख ९९ हजार (एमआरपी : ५७.९९ लाख)२२३९६००३३५९४००४७,४८१
वुलिङडारियन ५७ लाख ९९ हजार (एमआरपी : ५९.९९ लाख)२३१९६००३४७९४००४९,१७७
हुन्डाई भेन्यु फेसलिफ्ट बेस ४८ लाख ९६ हजार१९५८४००२९३७६००४१,५१९
हुन्डाईभेन्यु फेसलिफ्ट – हाइ ६७ लाख ९६ हजार२७१८४००४०७७६००५७,६३२
हुन्डाईआयोनिक९ २ करोड १९ लाख ९६ हजार८७९८४००१३१९७६००१८६,५३३
महिन्द्रा एक्सइभी९ई सुरुवाती रु ६० लाख (भेरियन्ट अनुसार थप)२४०००००३६०००००५०,८८२
महिन्द्रा एक्सइभी८एस सुरुवाती रु ६० लाख (भेरियन्ट अनुसार थप)२४०००००३६०००००५०,८८२
टाटाटियागो फेसलिफ्ट२८ लाख ९९ हजार११५९६००१७३९४००२४,५८४
टाटापञ्च इभी फेसलिष्ट३२ लाख ९९ हजार१३१९६००१९७९४००२७,९७६
डेन्जाबी५२ करोड ९७ लाख१ करोड १८ लाख ८० हजार१ करोड ७८ लाख २० हजार २ लाख ५१ हजार ८६६
डेन्जाबी८३ करोड ८० लाख१ करोड ५२ लाख २ करोड २८ लाख३ लाख २२ हजार २५३