BIZMANDU
www.bizmandu.com

सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ युवा सहिद घोषित, वैदेशिक रोजगार बोर्डमा उप्रेती

२०८३ साउन २६

सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ युवा सहिद घोषित, वैदेशिक रोजगार बोर्डमा उप्रेती
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ युवा सहिद घोषित, वैदेशिक रोजगार बोर्डमा उप्रेती

काठमाडौं। सरकारले साउन दोस्रो साता तराईमा भएको घटनामा गोली लागेर ज्यान गुमाएका चार युवालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।

Tata
GBIME

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिरहाका गणेश कुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।

बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर पूर्णरूपमा छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गरेको छ भने पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न सहमति दिएको छ।