BIZMANDU
www.bizmandu.com

बलेफीका प्रमुख प्रशासकीय अधिकृत राउतलाई मन्त्रालयको स्पष्टीकरण पत्र, यस्तो छ कारण

२०८३ साउन २६

बलेफीका प्रमुख प्रशासकीय अधिकृत राउतलाई मन्त्रालयको स्पष्टीकरण पत्र, यस्तो छ कारण
बलेफीका प्रमुख प्रशासकीय अधिकृत राउतलाई मन्त्रालयको स्पष्टीकरण पत्र, यस्तो छ कारण

काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउतसँग स्पष्टीकरण मागेको छ।

GBIME
Tata

गाउँपालिकाको कार्यलयमा सेवा लिन आएका एक ज्येष्ठ नागरिकप्रति गरिएको व्यवहारका सम्बन्धमा विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा नागरिकस्तरबाट गुनासो प्राप्त भएपछि मन्त्रालयले राउतसँग स्पष्टीकरण मागेको हो।

राउतलाई तीन दिनभित्र मन्त्रालयमा उपस्थित भई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।

मन्त्रालयले काटेको पत्रमा सार्वजनिक पदमा रहेका पदाधिकारी तथा कर्मचारीले सेवाग्राहीप्रति सम्मानजनक, मर्यादित र उचित व्यवहार गर्नुपर्नेमा ज्येष्ठ नागरिकप्रति त्यस्तो व्यवहार नगर्नुको कारणबारे जवाफ दिन भनिएको छ।