BIZMANDU
www.bizmandu.com

मुक्तिनाथ विकास बैंकले नाइमा एक्स्पोमा सवारीसाधन किन्न ५.७५ प्रतिशत ब्याजदरमा कर्जा दिने

२०८३ साउन २६

मुक्तिनाथ विकास बैंकले नाइमा एक्स्पोमा सवारीसाधन किन्न ५.७५ प्रतिशत ब्याजदरमा कर्जा दिने
मुक्तिनाथ विकास बैंकले नाइमा एक्स्पोमा सवारीसाधन किन्न ५.७५ प्रतिशत ब्याजदरमा कर्जा दिने

काठमाडौं। मुक्तिनाथ विकास बैंकले नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गरी ५.७५ प्रतिशत ब्याजदरमा कर्जा दिने स्किम ल्याएको छ।

Tata
GBIME

बैंकले बेसरेटमा प्रिमियम नै नथपि कर्जा दिने स्किम ल्याएको हो। यो स्किम भदौ मसान्तसम्म लागू हुने बैंकले जनाएको छ।

ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजात पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने छ।

बैंकले मंगलबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार ग्राहकले बैंकका १७६ वटै शाखामार्फत अटो लोन सुविधा पाउनेछन्।