काठमाडौं। भारतीय दुईपांग्रे ब्राण्ड टीभीएसले नेपाली बजारमा दुई नयाँ मोडल एनटर्क १५० र अपाचे आरटीएक्स ३०० नाइमा एक्स्पोमा राखिएको छ।
टीभीएसको लोकप्रिय एनटर्क सिरिजमा अब १५० सीसी सेग्मेन्टको एनटर्क १५० थपिएको छ। नयाँ एनटर्कले यसअघि १२५ सीसी सेग्मेन्टमा लोकप्रिय रहेको एनटर्क सिरिजलाई थप माथिल्लो सेग्मेन्टमा विस्तार गर्नेछ।

यसको बुकिङ खुलाइएको छ तर मुल्य तोकिएको छैन। नयाँ स्कुटरमा स्पोर्टी डिजाइनसँगै आधुनिक प्रविधि, कनेक्टिभिटी र दैनिक तथा स्पोर्टी राइडिङलाई लक्षित फिचरहरू समावेश गरिएको छ।
टीभीएसले आफ्नो अपाचे सिरिजअन्तर्गतको नयाँ अपाचे आरटीएक्स ३०० पनि नाइमामा एक्स्पोमा राखिएको छ।
नयाँ अपाचे आरटीएक्सले प्रिमियम मोटरसाइकल सेग्मेन्टलाई लक्षित गर्नेछ। यसमा नयाँ डिजाइन, आधुनिक इन्जिन प्रविधि र एड्भान्स्ड राइडिङ फिचर उपलब्ध छन्।