BIZMANDU
www.bizmandu.com

नाइमाबाट भित्रियो डेन्जा, बी५ को मूल्य २ करोड ९७ लाख, बी८ को ३ करोड ८० लाख

२०८३ साउन २६

नाइमाबाट भित्रियो डेन्जा, बी५ को मूल्य २ करोड ९७ लाख, बी८ को ३ करोड ८० लाख
नाइमाबाट भित्रियो डेन्जा, बी५ को मूल्य २ करोड ९७ लाख, बी८ को ३ करोड ८० लाख


काठमाडौं । नाइमा एक्स्पोबाट चिनियाँ ब्रान्ड डेन्जा आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ। नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंकले सो प्रिमियम ब्रान्ड नाइमा एक्स्पोबाट लन्च गरेको हो।

Tata
GBIME

यसअघि सन् २०२५ मा काठमाडौंमा भएको ‘बीवाइडी हाई-टेक विक’मा पनि यो ब्रान्डका गाडीहरु प्रदर्शन गरिएका थिए।

आज कम्पनीले प्रिमियम गाडी ‘डेन्जा बी५’ र ‘डेन्जा बी८’ पनि नेपाली बजारमा सार्वजनिक गरेको हो। कम्पनीले यसका लागि काठमाडौंको नक्सालमा डेन्जाको छुट्टै ‘डेडिकेटेड’ शोरुम समेत तयार गरिसकेको छ।

डेन्जा बी५ को मूल्य २ करोड ९७ लाख रुपैयाँ र डेन्जा बी८ को मूल्य ३ करोड ८० लाख राखिएको छ।

डेन्जा बी५ एक प्रिमियम प्लग-इन हाइब्रिड एसयूभी हो। यसमा १.५ लिटरको टर्बो पेट्रोल इन्जिन र ३१.८ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ। यसले पेट्रोल र विद्युत् दुवैको प्रयोगबाट ७८० देखि ८५० किलोमिटरसम्मको रेन्ज दिन्छ।

यसको प्रीमियम भेरियन्टमा २० इन्चको ह्वील र अत्याधुनिक सुविधाहरू उपलब्ध छन्। यी गाडीहरूमा १५.६ इन्चको ठूलो इन्फोटेनमेन्ट स्क्रिन, मसाज सिट र प्रिमियम साउन्ड सिस्टम जस्ता सुविधाहरू छन्।

बीवाइडीको सुरक्षित ब्लेड ब्याट्री प्रविधि र एड्‌भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) यसमा समावेश छ। डेन्जा बीवाइडी र मर्सिडिज बेन्जको संयुक्त लगानीबाट सुरु भएको ब्रान्ड भएकाले यसलाई निकै विलासी र प्रविधिमैत्री मानिन्छ।