काठमाडौं। कांग्रेसको संस्थापनइतर समूहले गर्न लागेको राष्ट्रिय भेलामा डा. शेखर कोइराला पनि सहभागी हुने भएका छन्।
कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको उपस्थितिमा शुक्रबार काठमाडौंमा गर्न लागिएको भेलामा शेखर सहभागी हुने उनको सचिवालयले बताएको छ।
भेलाका लागि संस्थापनइतर समूहले यसअघि नै डा. शशांक कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरेको छ। भेलामा शेखरलेले सम्बोधन गर्ने तय भएको छ।
‘डा. शेखर कोइराला साउन २९ गते आयोजना हुने भेलाको उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ,’ शेखरका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने।
भेलाबाट इतर समूहले नयाँ पार्टी गठनको तयारी गरेको छ। शेखरले भने भेलामा पार्टी एकताका लागि आह्वान गर्ने थपलियाले जानकारी दिए।