काठमाडौं । नाइमा मोबिलिटी एक्स्पोको दोस्रो संस्करण आजबाट भृकुटीमण्डपमा सुरु भएको छ। नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनाका सुरु भएको एक्स्पोमा नयाँ गाडीहरु लन्च हुने क्रम जारी छ।
आज दिउँसोसम्म करिब २० वटा चारपांग्रे सवारीसाधन लन्च भइसकेको छ। चारपांग्रे गाडीको मूल्य ३० लाखदेखि सवा २ करोड रुपैयँसम्मको छ।

त्यस्तै, दुईपांग्रे सवारीसाधन पनि लन्च हुने क्रम जारी छ। दुई लाखदेखि करिब १० लाखभन्दा बढी मूल्य पर्ने बाइकहरु राखिएका छन्।

मोबिलिटी एक्स्पोमा ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक गरिने आयोजकले जनाएको छ। एक्स्पो संयोजक गौरव शारडाका अनुसार एक्स्पोमा ५३ वटा ब्रान्डको सहभागिता छ।

























