BIZMANDU
www.bizmandu.com

महिन्द्राको प्रिमियम इलेक्ट्रिक एसयूभी एक्सइभी नाइन एस सार्वजनिक, मूल्य ६० लाख रुपैयाँ

२०८३ साउन २६

महिन्द्राको प्रिमियम इलेक्ट्रिक एसयूभी एक्सइभी नाइन एस सार्वजनिक, मूल्य ६० लाख रुपैयाँ
महिन्द्राको प्रिमियम इलेक्ट्रिक एसयूभी एक्सइभी नाइन एस सार्वजनिक, मूल्य ६० लाख रुपैयाँ


काठमाडौं। महिन्द्राले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी एक्सइभी नाइन एस नेपालमा सार्वजनिक गरेको छ।

GBIME
Tata

नाइमा मोबिलिटी एक्स्पोमा महिन्द्राले नयाँ विद्युतीय एसयूभी नेपाली बजारमा उतारेको हो। यसको भेरियन्ट अनुसार सुरुवाती मूल्य ६० लाख रुपैयाँ राखिएको छ।

भेरियन्ट अनुसार अन्यको गाडीको मूल्य फरक हुनेछ। एक्सइभी नाइन एस महिन्द्राको नयाँ पुस्ताको इलेक्ट्रिक एसयूभी हो। ठूलो आकार, आधुनिक डिजाइन, प्रिमियम इन्टेरियर र अत्याधुनिक प्रविधिका कारण यो मोडल महिन्द्राको इलेक्ट्रिक पोर्टफोलियोमा महत्वपूर्ण उत्पादनका रूपमा हेरिएको छ।

महिन्द्राले एक्सइभी नाइन एसलाई विशेषगरी प्रिमियम एसयूभी सेग्मेन्टलाई लक्षित गरेर विकास गरेको हो। यसमा ठूलो ब्याट्री प्याक, लामो रेन्ज, फास्ट चार्जिङ तथा एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) लगायतका प्रविधि उपलब्ध छन्।

यसमा ५९ र ७९ किलोवाट आवर क्षमताको ब्याट्री छ। यसमा मोटर पावर १७० र २१० किलोवाट क्षमताको छ। फुल चार्ज रेन्ज ३५० र ४५० किलोमिटर प्रदान गर्ने कम्पनीले जनाएको छ। यो रियल ह्वील ड्राइभ पावरट्रेनमा आउछ। ड्राइभिङ मोडहरु ५ वटा रहेका छन्।