BIZMANDU
www.bizmandu.com

नाइमामा हुन्डाईको नयाँ भेन्यु सार्वजनिक, आयोनिक ९ को २ करोड १९ लाख ९६ हजार

२०८३ साउन २६

नाइमामा हुन्डाईको नयाँ भेन्यु सार्वजनिक, आयोनिक ९ को २ करोड १९ लाख ९६ हजार
नाइमामा हुन्डाईको नयाँ भेन्यु सार्वजनिक, आयोनिक ९ को २ करोड १९ लाख ९६ हजार


काठमाडौं । हुन्डाईले नेपाली बजारमा दुईवटा नयाँ मोडल सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी आयोनिक ९ र लोकप्रिय एसयूभी भेन्युको फेसलिफ्ट मोडल नेपालमा सार्वजनिक गरेको हो।

Tata
GBIME

नाइमा मोबिलिटी एक्स्पोमा हुन्डाईले एकैपटक दुई नयाँ मोडल सार्वजनिक गरेको हो। यी दुई मोडलमध्ये आयोनिक ९ पूर्ण विद्युतीय प्रिमियम एसयूभी हो भने भेन्यु फेसलिफ्ट पेट्रोल सेग्मेन्टमा आउने नयाँ अपडेटेड मोडल हो।

भेन्युको बेस भेरियन्टको मूल्य ४८ लाख ९६ हजार र हाइ भेरियन्टको ६७ लाख ९६ हजार रुपैयाँ राखिएको छ। यसको ४ वटा भेरियन्ट नेपालमा बिक्री हुनेछ।

भेन्युमा ११९७ सीसी क्षमताको र अर्को एनलाइन भेरियन्ट ९९८ सीसी क्षमताको टर्बो इन्जिनमा उपलब्ध छ। आयोनिक ९ को मूल्य २ करोड १९ लाख ९६ हजार रुपैयाँ राखिएको छ।

भेन्युको भेरियन्ट अनुसार भेन्यूमा ३६० डिग्री क्यामरा, ड्राइभ मोड, ट्रयाक्सन मोड, विन्डो सनसेड, फ्रन्ट पार्किङ सेन्सर, रिक्लाइनिङ रियर सिट दिइएको छ।

आयोनिक ९ हुन्डाईको नयाँ पुस्ताको ठूलो आकारको इलेक्ट्रिक एसयूभी हो। तीन लाइन सिटसहित आउने यो मोडलले परिवार केन्द्रित प्रिमियम ईभी बजारलाई लक्षित गर्छ।

ठूलो ब्याट्री, लामो रेन्ज, फराकिलो केबिन र अत्याधुनिक प्रविधिसहित आयोनिक ९ लाई हुन्डाईको प्रिमियम इलेक्ट्रिक पोर्टफोलियोमा राखिएको छ।

नेपालमा आयोनिक ९ को प्रवेशसँगै हुन्डाईले महँगो तथा प्रिमियम इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा आफ्नो उपस्थिति विस्तार गरेको छ। यसले नेपालमा उपलब्ध अन्य प्रिमियम इलेक्ट्रिक एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ।