BIZMANDU
www.bizmandu.com

नेपाल आयो चेरीको नयाँ क्यु-क्यु ब्रान्ड, नाइमामा क्यु३ मोडलको मूल्य ३० लाख ९९ हजार

२०८३ साउन २६

नेपाल आयो चेरीको नयाँ क्यु-क्यु ब्रान्ड, नाइमामा क्यु३ मोडलको मूल्य ३० लाख ९९ हजार
नेपाल आयो चेरीको नयाँ क्यु-क्यु ब्रान्ड, नाइमामा क्यु३ मोडलको मूल्य ३० लाख ९९ हजार


काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी चेरीले आफ्नो नयाँ क्यु-क्यु ब्रान्ड नेपाली बजारमा प्रवेश गराएको छ। कम्पनीले क्यु-क्यु ब्रान्डअन्तर्गतको क्यु३ मोडल नेपालमा सार्वजनिक गरेको हो।

Tata
GBIME

नाइमा एक्स्पोमा क्यु३ मोडलको कम्फर्ट भेरियन्टको मूल्य ३० लाख ९९ हजार र प्रिमियम भेरियन्टको ३२ लाख ९९ हजार राखिएको छ। यसको एमआरपी भने ३४.४९ र ३५.९९ लाख छ।

नाइमा मोबिलिटी एक्स्पोमा चेरीले नयाँ ब्रान्डसहित क्यु३ नेपाली बजारमा सार्वजनिक गरेको हो। क्यु-क्यु ब्रान्ड चेरी समूहअन्तर्गतको नयाँ पुस्ताका सवारी साधनलाई लक्षित गर्ने ब्रान्डका रूपमा अघि बढाइएको छ।

कम्पनीका अनुसार चेरी क्यू चेरीको नयाँ पुस्ताको इभी हो। आधुनिक सहरी जीवनशैलीलाई लक्षित गरी डिजाइन गरिएको यो इलेक्ट्रिक अर्बन क्रसओभरमा ४१.२ किलोवाट-घण्टा क्षमताको ब्याट्री र एकपटकको चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज रहेको दाबी गरिएको छ।

गाडीमा ५४० डिग्री क्यामेरा, १७५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स तथा ७० लिटर क्षमताको फ्रंक स्पेस रहेको कम्पनीले जनाएको छ। त्यस्तै, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र २० भन्दा बढी एड्‌भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) फिचर छ।

चेरी क्यूले सन् २०२५ मा रेड डट डिजाइन अवार्ड र सन् २०२६ मा आईएफ डिजाइन अवार्डसमेत प्राप्त गरेको कम्पनीले उल्लेख गरेको छ।