BIZMANDU
www.bizmandu.com

हैदराबादी कम्पनी श्रुष्थी कन्टेक कालोसूचीमा, विद्युत प्राधिकरणको सिफारिसमा तीन वर्षको कार्बाही

२०८३ साउन २६

हैदराबादी कम्पनी श्रुष्थी कन्टेक कालोसूचीमा, विद्युत प्राधिकरणको सिफारिसमा तीन वर्षको कार्बाही
हैदराबादी कम्पनी श्रुष्थी कन्टेक कालोसूचीमा, विद्युत प्राधिकरणको सिफारिसमा तीन वर्षको कार्बाही

काठमाडौं। विभिन्न ठेक्कामा सम्झौताका सर्तअनुसार काम नगर्दा कार्बाही सिफारिसमा परेका तीन निर्माण तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा परेका छन्।

Tata
GBIME

भारत हैदराबादको श्रुष्थी कन्टेक प्रालिलाई तीन वर्षका लागि कार्बाही गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा मंगलबार जारी सूचनामा छ। कार्बाही सिफारिस नेपाल विद्युत प्राधिकरणले गरेको हो। उक्त कम्पनीले प्राधिकरणका लागि सबस्टेशन तथा ट्रान्समिसन लाइन र ट्रान्सफर्मर मर्मत/क्षमता अभिवृद्धि सम्बन्धी ठेक्काहरूमा काम गर्दै आएको छ।

यस्तै टोखा नगरपालिका कार्यालयको सिफारिसमा स्पेक्स नेपाल प्रालि एक वर्षका लागि कालोसूचीमा परेको छ। सडक डिभिजन डोटीको सिफारिसमा काठमाडौं गोकर्णेश्वरको जेडीएमआर बिल्डर्स प्रालि डेढ वर्षको कार्बाहीमा परेको छ।

कालोसूचीमा परेका कम्पनीहरुले कार्बाही अवधिभर सार्वजनिक खरिदमा सहभागिता जनाउन पाउँदैनन्।