BIZMANDU
www.bizmandu.com

सुनको भाउ तोलामै ६४०० रुपैयाँ वृद्धि, चाँदी पनि महँगियो, कतिमा भइरहेको छ किनबेच?

२०८३ साउन २६

सुनको भाउ तोलामै ६४०० रुपैयाँ वृद्धि, चाँदी पनि महँगियो, कतिमा भइरहेको छ किनबेच?
सुनको भाउ तोलामै ६४०० रुपैयाँ वृद्धि, चाँदी पनि महँगियो, कतिमा भइरहेको छ किनबेच?

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। सुनको भाउ मंगलबार प्रति तोला ६ हजार ४०० रुपैयाँ बढेको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला ३ लाख ७ हजार ९०० रूपैयाँ निर्धारण भएको छ।

सुनको भाउ सोमबार तोलामा २०० रूपैयाँ घटेर ३ लाख १ हजार ५०० रूपैयाँका दरले कारोबार भएको थियो। 

 चाँदीको मूल्य पनि उकालो लागेको छ। चाँदी प्रति तोला ११० रूपैयाँ महँगिएको हो। चाँदीको मूल्य मंगलबार प्रति तोला ४ हजार ७८० रूपैयाँ पुगेको छ।