BIZMANDU
www.bizmandu.com

दुईवटा बाइकमा आएका युवाको साथमा भेटियो साढे ५२ लाख रुपैयाँ, पक्राउसँगै अनुसन्धान हुँदै

२०८३ साउन २६

दुईवटा बाइकमा आएका युवाको साथमा भेटियो साढे ५२ लाख रुपैयाँ, पक्राउसँगै अनुसन्धान हुँदै
दुईवटा बाइकमा आएका युवाको साथमा भेटियो साढे ५२ लाख रुपैयाँ, पक्राउसँगै अनुसन्धान हुँदै

काठमाडौं। वीरगंजबाट चार युवक स्रोत नखुलेको नगद ५२ लाख ५० हजार रुपैयाँसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

GBIME
Tata

सोमबार राति वीरगंज-१० आदर्शनगरबाट पक्राउ पर्नेमा भारतीय नागरिक २६ वर्षीय सुरज कर्ण, बाराका ३२ वर्षीय उपेन्द्र साह, २६ वर्षीय सागरकुमार सर्राफ र पर्साका २५ वर्षीय राहुलकुमार गुप्ता छन्।

प्रहरीका अनुसार राति दुई मोटरसाइकलमा आएका उनीहरुलाई जाँच गर्दा रकम फेला परेको थियो। उनीहरुले रकमको विश्वस्त स्रोत बताउन सकेनन्।

बरामद रकममा एक हजार, सय र ५० दरका नोट छन्। रकम, मोटरसाइकलसहित चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।