BIZMANDU
www.bizmandu.com

पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीसँग अदालतले माग्यो १५ लाख धरौटी

२०८३ साउन २५

काठमाडौं। पोखरा विमानस्थल निर्माणमा कर छुट दिएबापत भ्रष्टाचार मुद्दा खेपेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

Tata
GBIME

अदालतका सदस्यहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न सोमबार आदेश दिएको हो। तीन महिनाअघि दायर मुद्दामा कार्की सोमबार अदालत उपस्थित भएका थिए।

बयानपछि भएको थुनछेक आदेशपछि अदालतले कार्कीसँग धरौटी मागेको हो।