BIZMANDU
www.bizmandu.com

परराष्ट्र मन्त्रालयका लागि सिंहदरबारमा अलग्गै भवन बनाइने, प्रारम्भिक डिजाइन तयार

२०८३ साउन २५

परराष्ट्र मन्त्रालयका लागि सिंहदरबारमा अलग्गै भवन बनाइने, प्रारम्भिक डिजाइन तयार
शिशिर खनाल


काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम आगामी आर्थिक वर्ष सुरु गरिने बताएका छन्।

Tata
GBIME

उनले सोमबार प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद निश्कल राईले सोधेको प्रश्नको जवाफ दिने क्रममा मन्त्रालयको आफ्नै भवन निर्माणका लागि प्रारम्भिक काम अघि बढिसकेको जानकारी दिए।

उनका अनुसार हाल गृह मन्त्रालय रहेको जग्गामा परराष्ट्र मन्त्रालयको भवन निर्माण गर्ने तयारी भइरहेको छ। भवनको ‘आर्किटेक्चरल ड्रइङ’, ‘डिजाइन’ तथा इन्जिनियरिङसम्बन्धी कार्यका लागि परामर्शदाता छनोट भइसकेको भइसकेको छ। प्रारम्भिक ‘डिजाइन’ समेत तयार गरिएको छ।

मन्त्रालयको भवन निर्माणका लागि चालु आर्थिक वर्ष ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

मन्त्री खनालले विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग गरिएका सन्धि सम्झौता क्रमशः पुनरवलोकन, परिमार्जन र नवीकरण गरिने बताए।

नेपाल विभिन्न देश र संस्थासँग ६५५ वटा सन्धि सम्झौता गरेको छ। तीमध्ये हालसम्म ५५ सन्धि सम्झौता परिमार्जन भएका छन्। बाँकी ६०० सन्धि सम्झौता आवश्यकता र औचित्यका आधारमा पुनरवलोकन, परिमार्जन र नवीकरण गर्ने नीति रहेको मन्त्री खनालले बताए।