नाइमाका संस्थापक एवं नाइमा मोबिलिटी एक्स्पो,२०२६ का संयोजक गौरव शारडा आइतबार अटो शोको अन्तिम तयारीमा व्यस्त थिए। देशकै सबैभन्दा ठूलो शोको पूर्वसन्ध्यामा थापाथलीमा रहेको शारडा समूहको कर्पोरेट अफिसमा पुग्दा उनी ‘प्रेसर’मा देखिए।
एउटा शो मात्रै होइन, देशकै अर्थतन्त्रको ‘ब्याकबोन’को रुपमा रहेको अटो सेक्टरको भविष्य समेत जोडिएकाले उनी यसलाई सफल पार्नुपर्ने दबाबमा छन्। नाइमा मोबिलिटी एक्स्पोमा उनको व्यवसाय पनि जोडिएको छ।
आफ्नो व्यवसायलाई समेत यही एक्स्पोमार्फत ‘एग्रेसिभ’ बनाउने जिम्मेवारी गौरवमा छ। व्यावसायिक घरानामा जन्मिएका गौरवले कम उमेरमै अटोमोबाइल व्यवसायलाई नजिकबाट हेर्न सुरु गरे। पछिल्ला दिनमा चिनियाँ इभीको उदय र उनको व्यावसायिक परिपक्वताले शारडा समूह अटोमोबाइलमा पनि सफल बनेको छ। उनै गौरवलाई बिजमाण्डूका शुक्र गिरीले सोधे- एउटा गौरवपूर्ण इतिहास बोकेको संस्थाबाट बाहिरिएर गठन भएको नाइमाले दोस्रो मोबिलिटी एक्स्पो गर्दैछ। केही वर्षदेखिको आर्थिक मन्दीमा सुधार आएको छैन। उद्योगी व्यवसायीको कन्फिडेन्स अत्यन्तै कमजोर छ। यस्तो परिदृश्यमा एक्स्पोको एक्सपेक्टेसन पूरा होला?
मन्दी छ भनेर हामीले व्यवसाय गर्ने कुरामा प्रयास नगर्नु झन राम्रो हुँदैन। चुप लागेर बसेर मन्दीबाट निस्किन हामीसँग उपाय नै हुँदैन। हामीले मन्दीबाट निस्किन वा रिभाइभ गर्न उद्योगमा कसरी काम गर्ने? यसका लागि हामी लड्नैपर्छ।
यो एक्स्पोले मन्दीबाट बाहिर निस्किन र व्यावसायिक आत्मबल बढाउन सहयोग गर्छ। व्यापार गरेर मन्दीबाट बाहिर निकाल्न प्रयास गर्नु हाम्रो धर्म नै हो। अर्थतन्त्र र उद्योग व्यवसायलाई मन्दीबाट निकाल्नकै लागि पनि एक्स्पोले भूमिका खेल्न सक्छ भन्ने मेरो ठम्याइ हो। त्यही भएर हामीले एक्स्पोमा ध्यान दिएका हौं। एक्स्पो राम्रो हुनेमा कुनै शंका छैन।
यसमा बुकिङ मात्रै भन्दा पनि डेलिभरीले महत्व राख्छ। एक्स्पोको समयमा बुकिङ र व्यापार दुबै हुन्छ। हामीले व्यापार मात्रै हेरेका छैनौं। अहिले आएको प्रविधिलाई आम जनतासम्म पुर्याउनका लागि लर्निङ सेसन पनि राखेका छौं।
सरकारको नीति वा नयाँ प्रविधिका बारेमा अटो व्यवसायदेखि आम जनताले जान्नु र बुझ्नुपर्छ। आर्थिक मन्दी भन्दाभन्दै पनि बजार नराम्रो छैन। समस्या भनेको पछिल्लो ३/४ वर्षदेखि एउटै रेन्जमा प्यासेन्जर सेग्मेन्ट बोटलनेक भएर बसेको छ। सवारी साधनको व्यापार केही वर्षदेखि एउटै नम्बरमा चलिरहेको सत्य हो। त्यसैले मार्केट साइज बढाउने हाम्रो चिन्ताको विषय हो।
नेपालको अटो व्यापारमा धेरै परिवर्तन भएका छन्। सीमित ब्राण्डबाट मल्टीब्राण्ड, वर्षौदेखि एउटै व्यावसायिक घरानाको बर्चस्वको अन्त्यदेखि न्यून मार्जिनसँगै कटथ्रोट प्रतिस्पर्धा। यसले यो बजारलाई कता लिएर जान्छ जस्तो लाग्छ?
विश्वबजारमै अटो क्षेत्रमा नयाँ प्लेयर्स आइरहेका छन्। नयाँ प्लेयर्सले आफ्नो स्थान बनाउँदै गइरहेका छन्। चिनियाँ भेहिकल अहिले यसको मुख्य उदाहरण हो। किनभने ६/७ वर्ष अगाडिसम्म चिनियाँहरु अटो क्षेत्रमा खासै सिरियस थिएनन्। तर, त्यसपछि चिनियाँको एग्रेसन लोभलाग्दो छ। यसले पुराना प्लेयर्सलाई कठिन बनाएको छ।
पुरानालाई इभी वा हाइब्रिड प्रविधिमा एडप्ट गर्न ढिला भइसकेको छ। केहीले भर्खर सुरु गर्दैछन्। चिनियाँ कम्पनीको पेनिट्रेसन नेपालमा भइरहेको छ। बजारको माग अनुसार यहाँका व्यवसायीले मल्टिपल ब्राण्ड भित्र्याइरहेका छन्।
बजारको आकार नबढेपछि प्राइस वार पनि भइरहेको छ। त्यसैले अहिले अटो क्षेत्र हामीले देखेको र सोचेको भन्दा कठिन बनेको छ। केही वर्षअघि आउने मार्जिन अहिले छैन। प्राइस वार भएपछि मार्जिन खुम्चिन्छ नै।

मल्टिपल ब्राण्ड आएपछि प्रतिस्पर्धा हुने नै भयो। यो हुनेबित्तिकै मूल्यमा कटथ्रोट हुने अवस्था भएको हो। यसले ग्राहकलाई नै फाइदा भएको छ।
मैले अघि पनि भनें हाम्रो बजार केही वर्षदेखि एउटै नम्बरमा छ। बजारको आकार नबढेपछि प्राइस वार पनि भइरहेको छ। त्यसैले अहिले अटो क्षेत्र हामीले देखेको र सोचेको भन्दा कठिन बनेको छ। केही वर्षअघि आउने मार्जिन अहिले छैन। प्राइस वार भएपछि मार्जिन खुम्चिन्छ नै।
केही वर्षअघिसम्म कुन घरानाले गाडी ल्याएको छ? त्यो घराना ट्रष्टवर्दी छ कि छैन भनेर गाडी किन्ने गरिन्थ्यो। अहिले त उपभोक्ताले ब्राण्ड पनि हेर्न छाडेका छन्। जुन गाडी पनि बिक्री भइरहेको छ। हाम्रो एसेप्टेन्स लेभललाई कसरी हेर्नुहुन्छ?
तपाइँले भनेको कुरा म एक ठाउँमा काट्छु। घराना हेरेर मात्रै पनि ब्रान्ड बिक्दैन। त्यो आयातकर्ताले ल्याउने ब्रान्डमा पनि दम हुनुपर्यो। राम्रो ब्रान्ड छ र कुनै ‘हिस्टोरिकल फ्यामिली ब्याकग्राउन्ड’ भएर गाडी बेचेको थिएन भने पनि ब्रान्ड आफैंको ‘स्ट्रेन्थ’ र ब्रान्ड ‘पुल’ले गर्दा बिक्री भएका हुन्।
नराम्रो ब्रान्ड र अनुभव नभएका आयातकर्ता छन् भने उनीहरुलाई अहिले पनि गाह्रो छ। किनभने सर्भिसको कुरामा कमिटमेन्ट गरेको हुँदैन। तपाइँ हामी पनि ग्राहक नै हौं। त्यसैले हामीले १०/२० रुपैयाँको सामान खरिद गरिरहेका छैनौं। लाखौंको लगानी गरिरहेका छौं। त्यसैले ग्राहकहरुले पनि वुद्धि विवेकले लगानी गर्छन्।
त्यसैले नराम्रो सामान यहाँ बिक्री गर्न सजिलो छैन। निश्चय पनि प्रतिस्पर्धा बढेको छ। राम्रो गाडी, राम्रो ब्राण्ड र राम्रा आयातकर्ताले मात्रै आफ्टर सेल्स दिन सक्छन्। र, त्यही कम्पनी मात्रै सर्भाइभल हुन्छ। यसमा उपभोक्ता पनि ‘सेन्सिबल’ भएर चलाखी गरिरहेका छन्।
विगतलाई हेर्नुभयो भने कतिपय ब्राण्ड हराएर गएका छन्। ग्राहकले पनि सर्भिस र स्पेयर पार्ट्स हेरेर लगानी गरिरहेका छन्। ग्राहकले जसले जुन ब्राण्ड ल्याइरहेका छन्, त्यो किनिरहनुभएको छ भनेर म मान्न तयार छैन।
नेपाल मात्रै होइन विश्वबजारमा नै चिनियाँ ब्राण्डको दबादबा छ। विश्व बजारलाई हल्लाइरहेको चिनियाँ ब्राण्ड र प्रविधिको फाइदा नेपालले लिएकै छ। तर, जसरी गाडी आयात भइरहेका छन्, त्यसले हामी डम्पिङ साइट बन्ने खतरा पनि बढ्दै गएको छ नि होइन?
डम्पिङ साइट कसरी बन्छ? आयातकर्ताले त ‘फ्री’मा सामान ल्याएर बेचेको होइन। उसले त्यसमा पैसा लगानी गरेको हुन्छ। पैसा लगानी गरेको छ भने पक्कै पनि एउटा विश्वासका साथ गरेको हुन्छ- म यो प्रोडक्ट बेच्न सक्छु, यसको सर्भिस दिन सक्छु र ग्राहकलाई खुसी पारेर राख्न सक्छु।
किनभने कुनै पनि ब्रान्डको गाडी आयात गरेर मात्र हुँदैन। त्यसका लागि सर्भिस स्टेसन चाहिन्छ, शोरुम चाहिन्छ, स्पेयर पार्ट्स चाहिन्छ, ‘म्यानपावर’ चाहिन्छ र ती जनशक्तिलाई तालिम दिनुपर्छ। यी सबैमा लगानी गर्नुपर्छ।
त्यसैले एउटा आयातकर्ता भनेको गाडी ल्याएर बेच्ने मात्र होइन, उसले सम्बन्धित ब्रान्डमा ठूलो लगानी गरिरहेको हुन्छ। त्यसैले बजारमा ‘डम्पिङ साइट’ बन्यो भन्नुअघि आयातकर्ताले गरेको लगानी, पूर्वाधार निर्माण र ग्राहकप्रतिको जिम्मेवारीलाई पनि हेर्नुपर्छ।
२५-३० वर्षदेखि नेपालमा कति वटा मोबाइल फोन आयात भएका छन्? कति वटा ल्यापटप आयात भएका छन्? ब्याट्रीसँग सम्बन्धित कति वटा प्रोडक्ट नेपालमा आयात भएका छन्? रिसाइकल हुन सक्ने, रिचार्जेबल ब्याट्री भएका ती सबै प्रोडक्ट कहाँ डम्प भएका छन्? मलाई एउटा डम्पिङ एरिया देखाउनुस् त।

दोस्रो कुरा, तपाइँले जुन ‘डम्पिङ’ भन्नुभयो, यो विशेष रुपमा विद्युतीय गाडीको विषयमा धेरै सुनिन्छ- यहाँ डम्प भयो भनेर। डम्पलाई ब्याट्रीको कारण देखाइन्छ। ल, मलाई भन्नुहोस्- २५-३० वर्षदेखि नेपालमा कति वटा मोबाइल फोन आयात भएका छन्? कति वटा ल्यापटप आयात भएका छन्? ब्याट्रीसँग सम्बन्धित कति वटा प्रोडक्ट नेपालमा आयात भएका छन्? रिसाइकल हुन सक्ने, रिचार्जेबल ब्याट्री भएका ती सबै प्रोडक्ट कहाँ डम्प भएका छन्? मलाई एउटा डम्पिङ एरिया देखाउनुस् त।
आज ३० वर्षदेखि मोबाइल फोन नेपालमा चलाइरहेका छन्, प्रयोगकर्ताले प्रयोग गरिरहेका छन्। तर, म त कुनै ठाउँमा डम्पिङ एरिया देख्दिन। किन छैन? हामीले यो कुरा बुझ्नुपर्यो। हामी ‘स्मल अमाउन्ट’मा छौं कि ब्याट्रीको साइजमा? सानो छ भने पनि मलाई एउटा सानो डम्प गरेको देखाइदिनुस् न। एक फिटको, एक मिटरको देखाइदिनुस्, जहाँ मोबाइल थुपारेर राखिएको छ। किन छैन? यो कुरा बुझ्नुपर्यो।
यो किन छैन भने ब्याट्रीभित्र रिसाइकल हुने धेरैवटा कम्पोनेन्ट छन्। त्यसमा प्रिसियस, सेमी-प्रिसियस मेटल र केमिकल छन्, जुन रिसाइकल हुन सक्छन्। लिथियम आयनकै कुरा गरौं। यो नेपालमा हामीसँग छैन, भारतमा पनि छैन। उनीहरूले त्यसलाई प्रशोधन गर्छन्। अब ब्याट्रीभित्र कपर हुन्छ, एलमिनियम हुन्छ, सिल्भर हुन्छ, गोल्ड हुन्छ, धेरै प्रकारका धातु हुन्छन्। त्यो सबै रिसाइकल हुन्छ।
त्यसकारण, जति हामी यहाँ मोबाइल फोन कबाडीमा फाल्छौं, त्यो सबै अवैध रूपमा भारत गइरहेको छ, किनभने नेपालमा रिसाइक्लिङ हुँदैन।
अर्को, यसमाथि पनि आयातकर्ताले इभी नेपालमा आयात गर्नुभन्दा अगाडि एउटा हस्ताक्षर गर्नुपर्छ। त्यो नगरेसम्म कुनै पनि इभी नेपालमा आयात गर्न पाइँदैन। हस्ताक्षरमा- यो ब्याट्री डेड भयो या यसको लाइफ साइकल सकिएपछि यसलाई थर्ड कन्ट्री एक्सपोर्ट गर्नुपर्छ। नेपालमा फाल्न पाइँदैन।
वास्तवमा म के भन्न चाहन्छु भने, यो रिसाइक्लिङको विषयलाई हामीले बुझ्नुपर्छ र यसमा कुनै न कुनै नीति आउनुपर्छ। नेपालमै यी ब्याट्री रिसाइकल गर्ने अवसर हुन सक्छ। हामीले ब्याट्री रिसाइकल गरेर त्यसबाट निस्कने प्रिसियस र सेमी-प्रिसियस वस्तुलाई बरु वस्तुको रूपमा निर्यात गर्न सक्छौं।
हामीले के देखिरहेका छौं भने कमर्सियल भेहिकलमा एउटै गाडी फरकफरक ब्राण्डमा। उदाहरणकै लागि माइक्रोमा हेर्नुस् लङकै नाममा कति गाडी छन्। यसले हाम्रो बजार दीर्घकालीन रुपमा अघि बढ्न सक्छजस्तो लाग्छ?
खासमा आयातकर्ताले यो कुरा बुझ्नुपर्यो कि उस्तै गाडी नाम परिवर्तन भएर आइरहेको छ भने आयातकर्ताले के मूल्य पाइरहेको छ? किनकि अन्ततः त्यसमा त मूल्य फरक पर्ने नै हो।
ग्राहकलाई पनि खासै समस्या हुँदैन, किनकि तीन जनाले एउटै गाडी लिएर आउँदा केही न केही प्रतिस्पर्धा हुन्छ र ग्राहकले त्यो प्रतिस्पर्धाबाट राम्रो मूल्यमा गाडी पाउँछन्।
तर, आयातकर्ताको चाहिँ दीर्घकालीन सोच हुनुपर्यो। उसले पनि त्यस्तै ब्रान्डमा लगानी गर्नुपर्यो, जसको दीर्घकालीन र दिगो जीवन हुन्छ त्यसमा आरएन्डीदेखि धेरै ठूलो लगानी हुन्छ। त्यही ब्राण्ड वा कम्पनी ‘सस्टेन’ गर्छ।
प्यासेन्जर भेहिकलमा जीवनभरको कमाई लगानी हुन्छ भने कमर्सियलको हकमा जीवनभर कमाई खाने साधन हुन्छ। यस्तो साधनको बिक्री गर्ने कम्पनीदेखि अधिकृत बिक्रेतासम्म विश्वासिलो हुनैपर्छ। त्यसका लागि नाइमाले गाडी बेच्ने अधिकृत बिक्रेतालाई जवाफदेही बनाउनका लागि कस्तो भूमिका खेल्छ?
नाइमाको सदस्यता लिन धेरै मापदण्ड पूरा गर्नुपर्छ। त्यसमा त्यो कम्पनीको चुक्ता पुँजी कति छ, कम्पनीमा कति लगानी गरेको छ भन्ने कुरा पनि हेर्छ।
त्यो कम्पनी वा आयातकर्ताको विगतको इतिहास पनि हेर्ने गरिन्छ। त्यसपछि मात्रै सदस्यता पाउने हो। आवेदन दिनेबित्तिकै सदस्यता पाइन्न।
हामीले सदस्यतामै यो प्रावधान राख्नुको पछाडि एक जनाका कारण हाम्रो अटो क्षेत्र नबिग्रियोस् भन्नका लागि हो। यसमा सरकारको भूमिका पनि हुन्छ। कसैले बैकर्प्सी फाइल गर्यो भने तपाइँले केही गर्न सक्नुहुन्न। त्यसमा सरकारको पनि भूमिका हुन्छ। व्यापार गर्न आउनेले पनि १० वटा गाडी बेचेर भाग्छु भनेर आउँदैन होला।
गाडी बेचेर मात्रै हुँदैन। आजको दिनमा सामाजिक सञ्जाल हेर्नुस् कुनै न कुनै ब्राण्डको पार्ट्सदेखि विद्युतीय हो भने ब्याट्रीको समस्या भएको भन्दै आलोचना देखिन्छ। यसले तपाइँहरुजस्तो दीर्घकालीन बजार हेरेर लगानी गर्ने व्यावसायिक घरानालाई पनि समस्यामा पार्दैन?
उदाहरणका लागि, म आफ्नै कुरा गर्दा चाहिँ, हामीलाई कुनै गुनासो आयो भने तत्कालै सम्बोधन गरिहाल्छौं। कहिलेकाहिं समस्या हुन्छ। सतप्रतिशत कसैसँग पनि हुँदैन। तर, प्रयास भने सतप्रतिशत गर्नुपर्छ। हाम्रो ब्राण्डको लामो समयसम्म कुर्नुपरेको छैन। अरुका बारेमा धेरै जानकार म छैन।
तर, एउटा नकारात्मक धारणा चाहिं तपाइँले भनेजस्तै म पनि सामाजिक सञ्जाल हेरेर महसुस गरिरहेको छु। यो मात्र होइन, कुनै गाडी दुर्घटना भयो भने पनि कमेन्टमै पहिलो कुरा आउँछ-इभी हो? अनि गाडीमा आगलागी भयो भने पनि इभी हो? भन्ने कुरा आउँछ।
हामी नकारात्मक हुनुपर्ने अवस्था छैन। इभी चलाउने तरिका पनि नौलो होइन। यसको फरक भनेको सुरुवाती टर्क मात्रै हो। हाम्रो एडप्सन पनि एकदमै धेरै छ। अहिले ७५ प्रतिशत नयाँ कार इभी नै बिक्री भइरहेको छ।

पेट्रोलियम गाडी जल्यो भने पोस्टको मुनि त्यति धेरै कमेन्ट आउँदैन। सो, हामी इभीप्रति किन यति धेरै नेगेटिभ भएका हौं? यो नयाँ इभोलुसन, नयाँ प्रविधि हो। हाम्रा लागि त यो राम्रै प्रविधि हो। हामीलाई पेट्रोल आयात गर्नुपर्दैन। होइन, यसले प्रदूषण गर्दैन। हाम्रो काठमाडौं वर्षका केही महिना विश्वकै उच्च प्रदूषित सहरमध्ये पर्छ।
हामी नकारात्मक हुनुपर्ने अवस्था छैन। इभी चलाउने तरिका पनि नौलो होइन। यसको फरक भनेको सुरुवाती टर्क मात्रै हो। हाम्रो एडप्सन पनि एकदमै धेरै छ। अहिले ७५ प्रतिशत नयाँ कार इभी नै बिक्री भइरहेको छ। त्यसैले गाडी दुर्घटना हुँदा इभीको हिस्सा देखिनु स्वाभाविक हो। तुलना गर्ने हो भने पेट्रोलभन्दा इभीको दुर्घटना वा आगलागीमा खासै फरक छैन।
बाटोमा जुन प्रविधिको गाडी बढी बिक्छ, त्यसको समस्यादेखि दुर्घटनासम्म बढी आउने गरेको मात्रै होला। अर्को भनेको स्पेयर पार्ट्स महँगो भएको विषय उठेको देख्छु।
एउटा ५० लाखको पेट्रोल कार र एउटा ५० लाखको इभीमा धेरै फरक छ। करका कारण ५० लाखमा इभी आएको हो, कर पेट्रोलको जस्तो भएको भए एक करोडभन्दा माथि हुन्थ्यो। त्यो स्पेयर पार्ट्समा देखिनु स्वाभाविक हो। इभी र पेट्रोलियम गाडीमा कतिवटा सेन्सर छ?
इभीमा ५४० डिग्री क्यामेरा छ, ३८० डिग्री र ३६० डिग्री क्यामेरा छ। त्यो कारणले पनि स्पेयर पार्ट्स महँगो भएको हो। स्पेयर पार्ट्सको उपलब्धतामा पनि हाम्रो भौगोलिक अवस्थाका कारण चीनसँगको सीमा बन्द हुने गर्दा पनि कठिनाई भएको हो।
नेपालको अटो बजार अहिले अत्यधिक प्रतिस्पर्धात्मक हुँदैछ। यदि आगामी दुई-तीन वर्षमा केही नयाँ ब्रान्ड बन्द भएर नेपालबाट बाहिरिए भने त्यसको जिम्मेवारी कसले लिन्छ?
मसँग गाडी स्टकमा छ, अब कसैले किन्दैन। मसँग स्पेयर पार्ट्स स्टकमा छ, मलाई नयाँ स्पेयर पार्ट्स चाहियो। त्यो कहाँबाट लिएर आउने? मलाई कसले प्रोटेक्ट गर्ने?
ग्राहकको पनि समस्या उही हो। म पनि अन्ततः त्यो उत्पादक कम्पनीको ग्राहक नै हो। मलाई कसले प्रोटेक्ट गर्ने? यो समस्या र पीडा आयातकर्तालाई पनि हुन्छ।
सामान्य रूपमा भन्नुपर्दा, उदाहरणका लागि नेपालमै गोरखकाली टायर उद्योग थियो, बन्द भयो। मैले मेरो ट्रकमा गोरखकाली टायर लगाएँ। अब त्यसको सर्भिसको जिम्मेवारी कसले लिन्छ? सरकारले लिन्छ? जब कारखाना नै बन्द भयो नि, त्यसको जिम्मेवारी कसले लिन्छ?
ग्राहकको अधिकारको संरक्षण कसले गर्ने? तपाइँले भनेको कुरा समाजवादी दृष्टिकोणबाट सुन्दा सही लाग्छ। तर, व्यावहारिक रूपमा हाम्रो जस्तो अर्थतन्त्रमा यसलाई कसरी लागू गर्ने? मसँग यसको कुनै उत्तर छैन। यस्तो हुन सक्छ भनेर भन्न सकिने कुनै स्पष्ट समाधान पनि छैन।
तपाइँले पहिले ब्रान्ड हेर्नुस्, त्यसपछि आयातकर्ता, वितरक र त्यसको सर्भिस ब्याकअप पक्कै हेर्नुस्। उसको ट्र्याक रेकर्ड र विगतको इतिहास के छ, त्यो पनि हेर्नुस्। यी कुरा नहेरी तपाइँले लगानी नगर्नुस्।

त्यसकारण म भन्छु, ग्राहकका रूपमा पहिले राम्रो ब्रान्ड छनोट गर्नुहोस्। त्यसपछि राम्रो र भरपर्दो आयातकर्ता छनोट गर्नुहोस्, जसको राम्रो सर्भिस नेटवर्क छ त्यसलाई छान्नुहोस्।
यो नहेरी तपाइँ पैसा लगानी नगर्नुस्, किनकि सानो-ठूलो पैसा भन्ने होइन, ठूलो रकम हो। त्यसैले तपाइँले पहिले ब्रान्ड हेर्नुस्, त्यसपछि आयातकर्ता, वितरक र त्यसको सर्भिस ब्याकअप पक्कै हेर्नुस्। उसको ट्र्याक रेकर्ड र विगतको इतिहास के छ, त्यो पनि हेर्नुस्। यी कुरा नहेरी तपाइँले लगानी नगर्नुस्।
पछिल्लो समयमा तपाइँले भनेजस्तै सरकारले त गर्न सकेको छैन भने अरूले पनि गर्न सक्दैनन्। व्यावहारिक रूपमा पनि यो सम्भव हुँदैन। १० वर्ष अगाडि टप थ्रीमा रहेका कम्पनीको आज हालत खराब छ भने त म पनि रिस्कमा छु।
नेपालमा नाडा अटो शो र नाइमा मोबिलिटी एक्स्पो दुवै आयोजना भइरहेका छन्। अधिकांश प्रमुख ब्रान्ड दुवैमा सहभागी हुँदा दुईवटा अटो शोको औचित्यमाथि प्रश्न उठिरहेको छ। नाइमा मोबिलिटी एक्स्पो किन आवश्यक छ र यसले नाडाभन्दा आफूलाई कसरी फरक साबित गर्न खोजेको हो?
हेर्नुहोस्, हाम्रा समस्या सरकारसँग पुग्न सकेको छैन भनेर नाइमा स्थापना भएको हो। हामीले पनि निजी क्षेत्रबाट राम्रोसँग पैरवी गरिरहेका छैनौं भन्ने महसुस भयो। त्यसकारण नाइमा गठन भयो।
त्यसपछि सदस्यहरुले भने, ‘अब हामी सबै यहीं छौं, अटो शो पनि हामी यहींबाट गर्छौं। प्रमुख खेलाडी सबै एउटै ठाउँमा भएपछि हामी अटो शो पनि यहीबाट गर्छौं।’
त्यसकारण, एकदमै छोटो समयमा पहिलो मोबिलिटी एक्स्पो आयोजना भएको थियो। यो वर्ष पनि त्यही कुरालाई निरन्तरता दिँदै, हाम्रा सदस्यहरूबाट आएको प्रतिक्रियालाई हामीले मनन गरेका छौं। त्यसमा के-के थप सुधार गर्नुपर्ने हो, ती सुधारलाई हामीले समेट्ने प्रयास गरेका छौं। सानो-सानो कुरा पनि छन्। जस्तै, पार्किङको समस्या थियो। त्यसलाई समाधानको प्रयास गरेका छौं।
जस्तै, अब दुईवटा अटो शोको औचित्यका विषयमा पनि बहस भइरहेको छ। एउटै गर्नुपर्छ भन्ने पनि आवाज उठेको छ। यो विषयमा नाइमा र नाडा दुवैले छलफल गर्नुपर्छ।
मोबिलिटी एक्स्पोमा लुब्रिकेन्ट, आयल, टायर लगायत पार्ट्सहरु राख्दैनौं। हाम्रो एक्स्पो विशुद्ध रूपमा मोबिलिटी सोलुसनका लागि हो। त्यसमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे र कमर्सियल भेहिकल पर्छन्। हाम्रो फोकस एकदमै स्पष्ट र सीमित छ। हाम्रा सदस्यले उत्पादन गर्ने दुईपाङ्ग्रे, चारपाङ्ग्रे र कमर्सियल भेहिकलका लागि मोबिलिटी सोलुसन प्रदान गर्ने हो।
पछिल्लो समय नेपालमा इभीको बजार तीव्र गतिमा बढिरहेको छ भने चिनियाँ ब्रान्डको प्रवेश पनि निकै आक्रामक छ। यसले परम्परागत ब्रान्ड र नेपाली अटो व्यवसायको भविष्यलाई कता लैजाँदैछ? आगामी ३-५ वर्षमा नेपालको अटो बजार कस्तो देख्नुहुन्छ?
परिवर्तन नै एक मात्र स्थायी कुरा हो। अहिले त्यही भइरहेको हो। विश्वभरि अहिले अटोमोबाइल क्षेत्रमा नयाँ ऊर्जातर्फको परिवर्तन भइरहेको छ। त्यसमा इभी पनि पर्छ र विभिन्न हाइब्रिड प्रविधि पनि पर्छन्। मानिसको रुचि त्यतातिर बढी गइरहेको छ। मानिसको मात्र होइन, वास्तवमा सरकारको पनि ध्यान नयाँ ऊर्जा प्रविधितर्फ गइरहेको छ। विभिन्न किसिमका कर छुट र अनुदान दिएर त्यसलाई प्रोत्साहन गरिरहेका छन्।
दुर्भाग्यवश, धेरै पुराना ब्रान्डले यो परिवर्तनलाई छिटो अपनाउन सकेनन्। त्यसकारण उनीहरूलाई अहिले गाह्रो भइरहेको छ। बजारको माग पनि परिवर्तन भयो, नीति पनि नयाँ ऊर्जातर्फ केही लचिलो हुँदा पनि धेरै पुराना ब्रान्डहरूले त्यसअनुसार लगानी गरेनन्। त्यसकारण अहिलेको समयमा उनीहरूलाई केही गाह्रो भइरहेको छ।
तर, यस्तो होइन कि सबैले यो परिवर्तन अपनाएका छैनन् वा आजको आजै, भोलिको भोलि बन्द हुन्छन्। उनीहरू पनि अगाडि बढिरहेका छन्। वास्तवमा, पुराना ब्रान्डले पनि नयाँ ऊर्जा प्रविधिमा आधारित नयाँ उत्पादन विकास गरेर बजारमा ल्याइरहेका छन्। नेपालको केसमा पनि यही नै हो।
त्यसकारण, निश्चित रूपमा, केही ब्रान्ड सुस्त छन्। उनीहरूले नयाँ ऊर्जा सवारीसाधनको प्रयोग र बजार विस्तारलाई कि त गम्भीर रूपमा लिएनन्, कि त त्यसमा लगानी गर्ने इच्छा देखाएनन्। त्यसकारण अहिले उनीहरूलाई गाह्रो भइरहेको छ। त्यसैले म भन्छु-परिवर्तन नै एक मात्र स्थायी कुरा हो। किनभने हामीले परिवर्तन गर्न सकेनौँ भने भोलि हामी सान्दर्भिक रहँदैनौँ।
नाइमा मोबिलिटी एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ उत्पादन र मोडल आउने बताइएको छ। यति धेरै ब्रान्ड र नयाँ मोडल आउँदा नेपाली अटो बजारमा कस्तो परिवर्तन ल्याउने अपेक्षा गर्नुभएको छ?
नाइमा मोबिलिटी शो भनेको केवल व्यावसायिक पक्ष वा गाडी देखाउने विषय मात्रै होइन। हाम्रो स्लोगन नै छ- मोबिलिटी फर अल। त्यसैले हामी यसका धेरैवटा पक्षमा छलफल र बहस गरिरहेका छौं।
जसरी मैले भनें- अहिले हामी ‘स्किल ग्याप’को कुरा गर्छौं। जागिर नपाएर धेरै मानिस नेपाल छोडेर विदेश गइरहेका छन्, अझ आधुनिक र खुला क्षेत्रमा पनि। तर, अर्कोतर्फ हामी यही क्षेत्रबाट के भनिरहेका छौं भने हामीले चाहिएको जनशक्ति पाइरहेका छैनौं।
मानिस विदेश गइरहेका छन्, उनीहरूसँग केही न केही सीप छ। तर, हामीले चाहिएको सीप भएको जनशक्ति पाइरहेका छैनौं। यही नै ‘स्किल ग्याप’ हो। मलाई जुन सीप भएको मान्छे चाहिएको छ, त्यो मान्छेसँग त्यो सीप छैन। मान्छे छ, तर ऊसँग फरक किसिमको सीप छ।
उदाहरणका लागि, उहासँग आईसी इन्जिनको सीप होला, तर मलाई चाहिएको सीप इभीको हो। यसमा हामीले काम गर्न खोजिरहेका छौं।
यसका लागि पाठ्यक्रम परिवर्तन गर्नेदेखि लिएर, गेस्ट लेक्चर दिने, हाम्रो टिमले त्यहाँ व्यावसायिक रूपमा सहयोग गर्न सक्ने विषयमा पनि काम गरिरहेका छौं। सीटीइभीटीसँग पनि धेरैवटा कम्पनीले सहकार्य गरिरहेका छन्। हरेक सेसनमा हामीले आवश्यक जनशक्ति कसरी तयार गर्ने र रोजगारीमा जोड्ने भन्ने विषयमा काम गरिरहेका छौं।
अहिले ब्याट्री रिसाइक्लिङको विषय पनि उठिरहेको छ। त्यो विषयमा पनि हामी एक्स्पोको समयमा छलफल गर्नेछौं। सरकारले अहिले इथानोल ब्लेन्डिङको कुरा गरिरहेको छ, तर नेपालमा त्यसबारे धेरैलाई खासै जानकारी छैन। त्यसका लागि पनि हामीले एउटा विज्ञलाई नाइमामा निम्त्याउँदैछौं। उहाँले प्रस्तुती दिनुहुनेछ।
त्यसैले नाइमा भनेको केवल कारको विषय होइन। यो समग्र मोबिलिटी क्षेत्रको कुरा हो। हामी यसलाई समग्र ‘मोबिलिटी इकोसिस्टम’को निर्माणका रूपमा हेर्छौं।
त्यसकै एउटा उदाहरण हो- मोबिलिटी संवाद। यो नियमित रूपमा हुने संवाद हो, जहाँ एकेडेमिया, प्राध्यापक, शिक्षक, इन्जिनियरिङका विद्यार्थी, सरकार र उद्योग क्षेत्रसँग छलफल हुन्छ। त्यसैगरी, नेपाल प्रहरीसँग पनि विभिन्न तालिम कार्यक्रम गरिरहेका छौं। यो एउटा समग्र र समन्वित दृष्टिकोण हो। त्यसपछि ‘मोबिलिटी जर्नल’ पनि छ।
यस वर्ष टिकेटिङबाट आउने आम्दानीको केही हिस्सा मोबिलिटी क्षेत्रसम्बन्धी अध्ययन र अनुसन्धानका लागि छुट्याउने योजना छ। यो अनुसन्धान गर्न हामीले संस्थाहरूलाई फन्डिङ पनि गर्छौं। अनि आगामी छ महिनामा प्रकाशन गर्ने योजना रहेको हाम्रो अर्को मोबिलिटी जर्नलमा ती अनुसन्धान तथा आरएन्डडीसम्बन्धी सामग्री प्रकाशित पनि गर्छौं।
अर्थात्, हामी अनुसन्धान गर्न पैसा पनि दिन्छौं र अनुसन्धान प्रकाशित गर्ने प्लेटफर्म पनि दिन्छौं। त्यसैले हामीले समग्र मोबिलिटी क्षेत्रलाई कसरी अगाडि लैजान सकिन्छ भन्ने परिकल्पना गरेर काम गरिरहेका छौं।
नेपालमा इभी बिक्री बढ्दै गए पनि चार्जिङ पूर्वाधार, ब्याट्री रिसाइकल, पुराना इभीको मूल्य र आफ्टर सेल्स सर्भिसमा अझै चुनौती छ। उद्योगले यी समस्या समाधान गर्न वास्तमै के गरिरहेको छ?
मलाई लाग्छ, अहिले रिसेल मूल्यसँग सम्बन्धित धेरैवटा समस्या समाधान हुँदै गएका छन्। पहिले इभीमा वित्तीय सुविधा थिएन। अहिले नाइमाका साझेदार बैंकमध्ये एक बैंकले इभी फाइनान्सिङ पनि सुरु गरेको छ। यो राम्रो सुरुवात हो। अब अरू बैंकले पनि यसलाई पछ्याएर फाइनान्सिङ सुरु गरे राम्रो हुन्छ।
पहिले प्रविधि निरन्तर परिवर्तन भइरहेकाले इभीको मूल्य घटिरहेको थियो। अहिले त्यो प्रवृत्ति स्थिर भएको छ। पछिल्ला केही महिनादेखि मूल्य घट्ने क्रम रोकिएको छ, बरु ब्याट्रीको मूल्य हल्का बढिरहेको छ। त्यसैले अब सेकेन्ड ह्यान्ड इभीको मूल्य पनि स्थिर हुने अपेक्षा गर्न सकिन्छ।

किनभने नयाँ होस् वा सेकेन्ड ह्यान्ड गाडी, ग्राहकले सतप्रतिशत पैसा एकैपटक हाल्नुपर्दैन। वित्तीय पहुँच बढेपछि सेकेन्ड ह्यान्ड बजार पनि विस्तार हुन्छ।
अर्को कुरा, पहिले प्रविधि निरन्तर परिवर्तन भइरहेकाले इभीको मूल्य घटिरहेको थियो। अहिले त्यो प्रवृत्ति स्थिर भएको छ। पछिल्ला केही महिनादेखि मूल्य घट्ने क्रम रोकिएको छ, बरु ब्याट्रीको मूल्य हल्का बढिरहेको छ। त्यसैले अब सेकेन्ड ह्यान्ड इभीको मूल्य पनि स्थिर हुने अपेक्षा गर्न सकिन्छ।
चार्जिङको कुरा गर्दा, अहिले घरमै चार्ज गर्ने सुविधा पर्याप्त हुँदै गएको छ। हाम्रो ब्रान्डले पनि एउटा पोर्टेबल स्लो चार्जर र एउटा ७-११ किलोवाटको वाल चार्जर दिइरहेको छ, जसले करिब ३ देखि ७ घण्टामा गाडी पूर्ण चार्ज गर्न सक्छ।
चार्जिङ पूर्वाधारको कुरा गर्दा पनि निजी क्षेत्रबाट ठूलो लगानी भइसकेको छ। अहिले देशभर विभिन्न स्थानमा चार्जिङ स्टेसन विस्तार भइरहेका छन्। चोभारजस्तो ठाउँमा पनि दुवैतर्फ चार्जिङ स्टेसन देखिन्छन्।
अहिले देशभर करिब २५० वटा चार्जिङ स्टेसन ७०-८० भन्दा बढी स्थानमा पुगेको भन्ने जानकारी छ। पूर्वदेखि पश्चिमसम्म र दुर्गम क्षेत्रमा समेत चार्जिङ पूर्वाधार विस्तार भइरहेको छ।
त्यो त एउटा कम्पनी हो। त्यस्ता कम्पनी धेरै छन्। त्यसबाहेक होटल, रेस्टुरेन्ट र कफी सपले पनि चार्जिङ स्टेसन राखिरहेका छन्। मध्यपहाडी राजमार्गमा समेत धेरै ठाउँमा चार्जिङ स्टेसन सञ्चालनमा आइसकेका छन्।
त्यसैले अब चार्जिङ पूर्वाधारलाई लिएर धेरै तनाव लिनुपर्ने अवस्था छैन। दसैंमा सबै गाडी एकैपटक सडकमा निस्किंदा केही चाप पर्न सक्छ। तर, सामान्य अवस्थामा अहिले त्यस्तो ठूलो समस्या छैन।
दुई वर्षअघि चाहिं समस्या थियो, म त्यसलाई नकार्दिन। त्यतिबेला रेन्ज एन्जाइटी थियो- म गएँ भने कहाँ चार्ज गर्ने, चार्ज गर्न पाइन्छ कि पाइँदैन? भन्ने चिन्ता हुन्थ्यो। अहिले चाहिं सामान्य अवस्थामा त्यस्तो रेन्ज एन्जाइटी खासै छैन। दुर्गम ठाउँतिर जाँदा भने केही समस्या हुन सक्छ।