BIZMANDU
www.bizmandu.com

संसद्‍ कर्मकाण्डी भएको भन्दै सुधार समिति गठन गर्न विपिनको प्रस्ताव, ‘इनोभेटिभ बनाउन आवश्यक छ’

२०८३ साउन २५

संसद्‍ कर्मकाण्डी भएको भन्दै सुधार समिति गठन गर्न विपिनको प्रस्ताव, ‘इनोभेटिभ बनाउन आवश्यक छ’
संसद्‍ कर्मकाण्डी भएको भन्दै सुधार समिति गठन गर्न विपिनको प्रस्ताव, ‘इनोभेटिभ बनाउन आवश्यक छ’


काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले संसदीय अभ्यास कर्मकाण्डी भएको भन्दै सुधार समिति गठन गर्न प्रस्ताव गरेका छन्।

Tata
GBIME

उनले सोमबार प्रतिनिधि सभाको बैठकमा संसद्‍लाई इनोभेटिभ र क्रियटिभ बनाउन आवश्यक रहेको बताए। उनले अहिलेको अभ्यासबाट आफू सन्तुष्ट नरहेको भन्दै संसदीय सुधार समिति गठनका लागि सभामुखको ध्यानाकर्षण गराए।

‘मैले धेरैपटक यो संसदीय अभ्यास कर्मकाण्डी भयो भनेर बोलेको छु। एकचोटी सबै सांसदका बीच पोलिङ पनि गर्नुपर्छ जस्तो लाग्छ। हामी सांसदहरु अहिलेको अभ्यासबाट खुशी छौं त? हाम्रो क्षमता अहिलेको संसदीय अभ्यासले सही दिशामा निकालेको छ त?,’ उनले भने, ‘मेरै जस्तै बुझाइ धेरै जना सांसदको हो भने अब यो संसदीय अभ्यासलाई सुधार गर्नका लागि सबैजनाले मिलेर काम गर्नुपर्छ। एउटा संसदीय सुधार समिति बनाएर अहिलेको यो ट्वान्टी फर्स्ट सेन्चुरीमा संसद्‍लाई इनोभेटिभ, क्रियटिभ र युटिलिटी बेस्ड बनाउने दिशामा काम गर्नुपर्छ जस्तो लाग्छ। यसमा मैले सभामुखको ध्यानाकर्षण गराएँ।’