BIZMANDU
www.bizmandu.com

नेपाल आएका फोर्ब्सको अन्डर-३० सूचीका मेटीले बालेनलाई भने- पर्यटकजस्तै लगानीकर्तालाई स्वागत गर्नुस्

२०८३ साउन २५

नेपाल आएका फोर्ब्सको अन्डर-३० सूचीका मेटीले बालेनलाई भने- पर्यटकजस्तै लगानीकर्तालाई स्वागत गर्नुस्
नेपाल आएका फोर्ब्सको अन्डर-३० सूचीका मेटीले बालेनलाई भने- पर्यटकजस्तै लगानीकर्तालाई स्वागत गर्नुस्


इरानबाट अध्ययनका लागि मेटी बसिरी क्यानडा पुगे। सन् २०११ मा क्यानडा पुगेका बसिरीको अंग्रेजी भाषा कमजोर थियो। उनले युनिभर्सिटी अफ वाटरलुमा अंग्रेजी सिक्न सुरु गरे।

Tata
GBIME

अंग्रेजी जानिसकेपछि मात्रै बसिरीले विश्वविद्यालयको अध्ययन थाले। अंग्रेजी भाषाको समस्या नै उनका लागि अवसर बन्यो।

उनले त्यही समस्यालाई अवसरमा बदल्दै क्यानडामा अप्लाई बोर्ड स्थापना गरे। १८ वर्षको उमेरमा क्यानडा पुगेका उनै बसिरी सन् २०२० मा फोर्ब्सको अन्डर-३० सूचीमा अटाए।

‘स्क्र्याच’बाट सुरु गरेको उनको अप्लाई बोर्डको भ्यालुएसन ३ अर्ब अमेरिकी डलर बराबरको छ भने वार्षिक ४० अर्ब हाराहारीमा कारोबार गर्छ। उनै बसिरी व्यवसायको सिलसिलामा हालै नेपाल आए। उनले शिक्षामन्त्री सस्मित पोखरेलसँग पनि भेटेर आफ्नो योजना सुनाए। उनै बसिरीलाई बिजमाण्डूले सोध्यो- तपाईँले सन् २०१५ मा अप्लाई बोर्ड सुरु गर्नुभयो। आफूले भोगेको समस्यालाई पहिचान गरेर त्यसलाई व्यावसायिक अवसरमा परिणत गर्नुभयो। ११ वर्षअघि स्थापना गरेको कम्पनीको भ्यालुएसन ३ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ। कम्पनीको नेतृत्व गर्दै अहिले नेपाल आउनुभएको छ। के अवसर देखेर तपाईँ यहाँ आउनुभएको हो?

म इरानमा जन्मिएँ। आजभन्दा करिब १५ वर्षअघि म विद्यार्थीका रूपमा क्यानडा गएको थिएँ। सुरुमा मलाई अंग्रेजी बोल्न आउँदैनथ्यो। मैले अंग्रेजी सिकेँ, कलेज पढेँ, कलेज पूरा गरेँ र त्यसपछि आफ्नै कम्पनी सुरु गरेँ। अहिले म आफूलाई गर्वका साथ क्यानडेली भन्छु र जहाँ गए पनि क्यानडाको झण्डा बोकेर हिँड्छु।

म त्यस्ता मानिसमध्ये एक हुँ, जसले आफूले अध्ययन गरेको देशमै बस्ने र त्यही देशमा योगदान गर्ने निर्णय गरेँ। तर, मेरो बुबा आजभन्दा ५६ वर्षअघि अमेरिका जानुभएको थियो। उहाँ पढेर इरान फर्किनुभयो र इरानमै योगदान गर्नुभयो। युवाको बर्चस्व भएको देशभित्र पर्छ नेपाल। अध्ययनका लागि धेरै युवा विदेश जाने देशमा पर्छ। हाम्रा लागि नेपाल अत्यन्तै पोटेन्सियल मार्केट हो।

विदेश जाने युवाहरूको चाहनाका बारेमा भन्न चाहन्छु। विदेश जाने हरेक विद्यार्थीको चाहना त्यहीँ बस्ने हुन्छ भन्ने होइन। देशअनुसार परिस्थिति फरक हुन्छन्। उदाहरणका लागि, २० वर्षअघि धेरै चिनियाँ विद्यार्थी विदेश गएर त्यहीँ बस्न चाहन्थे। अहिले धेरैजसो चीन फर्कन चाहन्छन्। भारतीय विद्यार्थीको अवस्था पनि त्यस्तै हो। १० वर्षअघि धेरै भारतीय विद्यार्थी विदेशमै बस्न चाहन्थे, अहिले धेरै फर्किरहेका छन्। यो हरेक देशले कुनै न कुनै चरणमा पार गर्ने प्रक्रिया हो।

जब तपाईँ आफ्नो देशबाट अर्को देशमा जानुहुन्छ, तपाईँ आफ्नो कम्फर्ट जोनभन्दा बाहिरको नयाँ संस्कृति र नयाँ वातावरणसँग घुलमिल हुनुहुन्छ। त्यसले तपाईँलाई भविष्यमा अझ सफल बन्न मद्दत गर्छ।

पहिलो विदेश जानुको कारण शिक्षाको गुणस्तर हो। दोस्रो तपाईँले प्राप्त गर्ने अनुभव। जब तपाईँ आफ्नो देशबाट अर्को देशमा जानुहुन्छ, तपाईँ आफ्नो कम्फर्ट जोनभन्दा बाहिरको नयाँ संस्कृति र नयाँ वातावरणसँग घुलमिल हुनुहुन्छ। त्यसले तपाईँलाई भविष्यमा अझ सफल बन्न मद्दत गर्छ।

तपाईँले भनेको यही कुरालाई जोड्न चाहें। नेपालबाट उच्च शिक्षाका लागि विदेश जानेको संख्या हरेक वर्ष बढिरहेको छ। यो संख्यासँगै सरकार र विज्ञहरूले ब्रेन ड्रेन भइरहेको चित्रण गरिरहेका छन्। तपाईँ यसलाई कसरी हेर्नुहुन्छ?

मैले अघि पनि विदेश अध्ययनका पर्स्पेक्टिभहरू राखिसकेको छु। विदेशमा अध्ययनका धेरै उद्देश्य हुन्छन्। विदेशमा अध्ययनलाई एउटा दृष्टिकोणबाट मात्रै हेरेर ‘ब्रेन ड्रेन’ भन्नु गलत हुन सक्छ। नेपालकै उदाहरण लिने हो भने मैले भेटेका धेरै राजनीतिज्ञ विदेशमा अध्ययन गरेर नेपाल फर्किनुभएको छ।

उहाँहरू सफल भएर अहिले नेपालको विकास निर्माणमा सहयोग पुर्‍याइहनुभएको छ। यदि उहाँहरू फर्किएर देश निर्माणमा योगदान गरिरहनुभएको छ भने, त्यसलाई कसरी ब्रेन ड्रेन मात्र भन्न सकिन्छ?

विद्यार्थीहरू अवसर पाएपछि फर्किन्छन्। तर, देशभित्र ती अवसर आफैँ निर्माण गर्न सकिँदैन। त्यसका लागि विश्वसँग जोड्नैपर्छ। जब कुनै विद्यार्थी विदेश जान्छ, शिक्षा र अनुभव हासिल गर्छ र फेरि स्वदेश फर्किन्छ, उसले अर्को पुस्ताका लागि नयाँ अवसर निर्माण गर्छ। यो एउटा चक्र हो।

अर्को महत्त्वपूर्ण कुरा भनेको धेरै अन्तर्राष्ट्रिय विद्यार्थी विदेशमा सफल छन्। उत्तर अमेरिका र बेलायतमा स्थापना भएका एक अर्ब डलरभन्दा बढी मूल्य भएका युनिकर्न कम्पनीमध्ये चारवटामा एउटा कम्पनी अन्तर्राष्ट्रिय विद्यार्थीले सुरु गरेको भेटिन्छ।

यहींको सन्दर्भमा पनि विदेश गएर सफल भएका नेपालीहरूले कति पैसा पठाइरहेका छन्? उनीहरूले पठाएको पैसा देशको भविष्य निर्माणमा प्रयोग भइरहेको छ। त्यसबाट अर्को पुस्ताका लागि नयाँ अवसर सिर्जना भइरहेका छन्।

त्यसैले यसलाई धेरै ‘एस्पेक्ट’बाट हेर्नुपर्छ। फाइदा र बेफाइदा दुवैलाई एउटै ठाउँमा राखेर मूल्यांकन गर्नुपर्छ।

मलाई लाग्छ, नेपाल नयाँ बाटोतिर जान खोजिरहेको छ। प्रविधिको प्रयोग बढिरहेको छ र प्रविधिले संसारलाई कति परिवर्तन गरिरहेको छ भन्ने हामी सबैले देखिरहेका छौँ।

नेपालमा अहिले युवाले राजनीतिक नेतृत्व गरिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा युवापुस्ताको बर्चस्व छ। नयाँ सरकारले धेरै कानुन सुधार गर्ने तयारी गरिरहेको छ। नेपालमा तपाईँहरूको लगानी भित्र्याउन के गर्नुपर्छ?

पहिलो, म विदेशी हुँ। दोस्रो, म नीति निर्माता होइन। र, नेपाली जनतामा प्रत्यक्ष प्रभाव पार्ने विषयमा आफ्नो धारणा राख्ने अधिकार पनि छैन। त्यसैले म आफ्नो अनुभवका आधारमा केही कुरा भन्न गइरहेको छु।

मलाई लाग्छ, नेपाल नयाँ बाटोतिर जान खोजिरहेको छ। प्रविधिको प्रयोग बढिरहेको छ र प्रविधिले संसारलाई कति परिवर्तन गरिरहेको छ भन्ने हामी सबैले देखिरहेका छौँ।

मैले विगत १० वर्षमा विकासशील र विकसित दुवै देशका धेरै राजनीतिज्ञलाई भेट्ने अवसर पाएको छु। त्यसबाट मैले बुझेको महत्त्वपूर्ण कुरा भनेको तपाईँ आफ्नो देशलाई बाँकी संसारसँग जोड्न कति सहज बनाउनुहुन्छ भन्ने कुरा अत्यन्त महत्त्वपूर्ण हुन्छ।

कुनै पनि देश आफैँमा पूर्ण हुन सक्दैन। तपाईँले संसारका अन्य देशसँग जति धेरै सम्बन्ध र सहकार्य गर्न सक्नुहुन्छ, तपाईँको देश भविष्यमा त्यति नै सफल र समृद्ध बन्न सक्छ।

दक्षिण-पूर्वी एसियाका केही देशहरूले यसमा उत्कृष्ट काम गरेका छन्। उनीहरूले विदेशी कम्पनीलाई भित्र्याउन राम्रो वातावरण बनाएकै कारण विकसित भएका हुन्। विदेशी लगानी गर्न चाहने कम्पनीलाई सहज बनाउँदाको फाइदा पाएका हुन्। नेपाललाई हेर्ने हो भने यहाँ आएका पर्यटकले राम्रो एक्सपेरियन्स लिएर फर्किएका छन्। यही विषय व्यवसायदेखि प्रविधिसम्मका कम्पनीहरूमा कार्यान्वयनमा ल्याउन सक्नुपर्छ।

पर्यटकलाई स्वागत गर्न तपाईँहरूले जुन तरिका अपनाउनुभएको छ, त्यो नै व्यवसायी र लगानीकर्तालाई स्वागत गर्न पनि प्रयोग गर्न सकिन्छ। तपाईँले नयाँ कुरा आविष्कार गर्नुपर्दैन। तपाईँलाई मानिसलाई स्वागत र सम्मानको अनुभूति कसरी गराउने भन्ने पहिल्यै थाहा छ।

अब त्यही अनुभवलाई व्यावसायिक क्षेत्रमा कार्यान्वयन गर्नुपर्छ।

नेपाल तीव्ररूपमा अगाडि बढिरहेको छ। यो अवस्था हेरेर एआई र प्रविधिसँग सम्बन्धित क्षेत्रमा हामीले सहयोग गर्न सक्छौं। यो विदेश अध्ययन गर्ने मात्रै विषय होइन, स्वदेशमै गर्ने पनि हुनसक्छ।

यदि तपाईँले विदेशी व्यवसायी र लगानीकर्तालाई पनि पर्यटकलाई जस्तै स्वागत र सत्कारको महसुस गराउन सक्नुभयो भने नेपाल सफल हुन्छ। नेपाल अरूका लागि कठिन होइन, सहज बनाउनुस्।

फेरि अप्लाई बोर्डमै फर्किऔं। यसबाट नेपालले कसरी फाइदा लिन सक्छ? तपाईँले यहाँ कुनै विश्वविद्यालय खोल्ने योजना पनि छ?

हामी विदेश जाने विद्यार्थीको समस्या अरू धेरै संस्थाभन्दा राम्रोसँग बुझ्छौँ। सँगै हामी शिक्षाको गुणस्तरलाई पनि राम्रोसँग बुझ्छौँ।

पछिल्लो समयमा उच्च शिक्षाको क्षेत्रमा प्रविधिको प्रयोग उत्साहजनक रुपमा भइरहेको छ। उच्च शिक्षामा सफल प्रविधि कम्पनी धेरै छैनन्। हामी त्यस्ता थोरै कम्पनीमध्ये एक हौँ।

नेपाल प्रविधिको क्षेत्रमा विकसित देशहरूको तुलनामा अझै पछाडि छ। यद्यपि, नेपाल तीव्ररूपमा अगाडि बढिरहेको छ। यो अवस्था हेरेर एआई र प्रविधिसँग सम्बन्धित क्षेत्रमा हामीले सहयोग गर्न सक्छौं। यो विदेश अध्ययन गर्ने मात्रै विषय होइन, स्वदेशमै गर्ने पनि हुनसक्छ।

उदाहरणका लागि, नेपाल मेडिकल शिक्षाका लागि पनि परिचित छ। यो भनिरहँदा विश्वका अरू कुन देशका विद्यार्थी नेपाल आएर अध्ययन गर्न चाहन्छन्?

म यहाँ आउँदा हाम्रो एउटा साझेदार संस्थाका अध्यक्षसँग भेट्ने अवसर पाएँ। यहाँ धेरै यस्ता उत्कृष्ट शैक्षिक संस्था छन्, जो शिक्षामा पहुँच विस्तार गर्न चाहन्छन्।

फेरि प्रश्न आउँछ के नेपालले विदेशी कम्पनी तथा अन्य देशलाई यहाँ लगानी गर्न सहज वातावरण बनाउँछ? यदि नेपालले त्यसो गर्न सक्छ भने, हामी सम्बन्ध निर्माण गर्न तयार छौं।

उनीहरू नेपालमा करोडौँ डलर लगानी गरेर क्याम्पस तथा शैक्षिक कार्यक्रम निर्माण गर्न चाहन्छन्, जसले नेपाली विद्यार्थी र नेपालको जनशक्तिको भविष्य परिवर्तन गर्न सक्छ।

तर, फेरि प्रश्न आउँछ के नेपालले विदेशी कम्पनी तथा अन्य देशलाई यहाँ लगानी गर्न सहज वातावरण बनाउँछ? यदि नेपालले त्यसो गर्न सक्छ भने, हामी सम्बन्ध निर्माण गर्न तयार छौं।

नेपाल भारत र चीनको बीचमा रणनीतिक रुपमा रहेको छ। ठूलो जनसंख्या र बढ्दो मध्यम वर्गका हिसाबले नेपालसामु कस्तो अवसर देख्नुहुन्छ?

संसारमा २०० भन्दा बढी देश छन् र करिब ९ अर्ब मानिस छन्। हामी किन नेपालमा ध्यान दिइरहेका छौँ? नेपालीहरू राम्रो व्यवहार गर्छन्। यहाँको मानव पुँजी र मानव क्षमतामा हामीलाई विश्वास छ। यही देखेर हामी यहाँ आएका हौं। लगानीको सम्भावना पनि हेरिरहेका छौं।

नेपालमा पनि स्टार्टअप बिजनेसको कल्चर बढिरहेको छ। तपाईँ आफैं पनि स्क्र्याचबाट व्यवसाय गर्नुभएको व्यक्ति भएका हिसाबले विश्वसँग प्रतिस्पर्धा गर्नका लागि नेपालका युवा उद्यमीले के गर्नुपर्छ?

विश्वमा ३ वर्षअघि र अहिलेमा धेरै फरक भएको छ किनभने एआईका कारणले। पहिले कम्प्युटर साइन्स वा प्रोग्रामिङको पृष्ठभूमि भएको मानिसले मात्र केही गर्न सक्छ भन्ने सोच थियो। अहिले त्यो अवस्था छैन।

आज हरेक व्यक्ति उद्यमी बन्न सक्छ। प्रविधिले हामीलाई पछिल्लो एक वर्षमै कति धेरै शक्तिशाली बनाएको छ। तर, सबै कुरा एआईले समाधान गर्न सक्दैन। त्यो कुरालाई मनन् गर्न आवश्यक छ।

उद्यम गर्न चाहनेमा निरन्तरता र दृढता चाहिन्छ। यो कुनै एआईले दिँदैन। दोस्रो वास्तविक समस्या समाधान गर्न दृढ भए अरु धेरै विषय चाहिं प्रविधिले सजिलो बनाइहाल्छ। तपाईँले एउटा उद्यम सुरु गर्नुभन्दा अघि भारत र चीनलाई हेरे पुग्छ। त्यहाँ नभएको उद्यमलाई सुरु गर्नुभयो भने विश्व बजारमा प्रवेश सहजै हुन्छ।