BIZMANDU
www.bizmandu.com

काठमाडौंमा घन्कियो ढोलदेखि मादलसम्म, तालमा ताल मिलाएर नाचे आदिवासीहरू

२०८३ साउन २४

काठमाडौंमा घन्कियो ढोलदेखि मादलसम्म, तालमा ताल मिलाएर नाचे आदिवासीहरू
काठमाडौंमा घन्कियो ढोलदेखि मादलसम्म, तालमा ताल मिलाएर नाचे आदिवासीहरू


काठमाडौं। आइतबार काठमाडौंमा ३२औँ विश्व आदिवासी दिवसको रौनक देखियो। काठमाडौंका सडक र खुलामञ्च रंगीन थियो।

Tata
GBIME

परम्परागत पोसाकमा सजिएका आदिवासी समुदायका मानिसहरूको उपस्थिति आकर्षक देखिन्थ्यो।

कसैले मौलिक बाजा बोकेका थिए। कसैले पुस्तौँदेखि बजाउँदै आएको सांस्कृतिक धुन सुनाइरहेका थिए।

कतै ढोल बज्यो त कतै मादल घन्कियो। अन्य परम्परागत बाजाका धुनले वातावरण गुञ्जायमान बन्यो।

कसैले आफ्ना साँस्कृतिक गीत गाए। केही सोही गीतसँगै तालमा ताल मिलाएर नाचे। लयमा लय मिलाउँदै सहभागीहरू रमाए।

विभिन्न आदिवासी समुदायका मौलिक पोसाकले खुलामञ्च वरपरको वातावरण झनै रंगीन बनेको थियो। हरेक पोसाकमा आफ्नै पहिचान थियो। हरेक बाजामा आफ्नै इतिहास।

अनुहारहरूमा खुसी थिए भने आँखामा उत्साह। आफ्नो भाषा, संस्कृति र परम्परा बोकेर सहभागीहरू गर्वका साथ उभिएका थिए।

आफ्नो संस्कृति पुस्तान्तरण गर्ने प्रतिबद्धता पनि देखिएको थियो अनुहारहरूमा। आफ्नो मौलिकता जोगाउने आवाज पनि थियो स्वरहरूमा।