BIZMANDU
www.bizmandu.com

सप्तरीबाट काठमाडौं आउँदै गरेका चिनियाँसँग भेटियो ६० लाख रुपैयाँ, स्रोत नखुल्दा प्रहरी नियन्त्रणमा

२०८३ साउन २४

सप्तरीबाट काठमाडौं आउँदै गरेका चिनियाँसँग भेटियो ६० लाख रुपैयाँ, स्रोत नखुल्दा प्रहरी नियन्त्रणमा
सप्तरीबाट काठमाडौं आउँदै गरेका चिनियाँसँग भेटियो ६० लाख रुपैयाँ, स्रोत नखुल्दा प्रहरी नियन्त्रणमा

काठमाडौं। स्रोत नखुलेको रकमसहित प्रहरीले एक चिनियाँ नागरिकसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।

GBIME
Tata

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट चिनियाँ नागरिक गुंग यागसहित दुईजनालाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट ५९ लाख ९३ हजार ५ सय रूपैयाँ बरामद गरिएको छ।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले सप्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको ज १ च १६६४ नम्बरको स्कारपियोलाई जाँच गर्दा नगद फेला पारी स्कारपियोमा सवार उनीहरूलाई पक्राउ गरेको थियो।

चिनियाँ नागरिक तराईको जिल्लाबाट काठमाडौं आउनु लगायत शंकास्पद विषय जोडेर प्रहरीले अनुसन्धान गरिरहेको छ।