BIZMANDU
www.bizmandu.com

देशभर ९६ प्रतिशत खेतमा धान रोपेर सकियो, सुदूरपश्चिममा भयो शतप्रतिशत रोपाइँ

२०८३ साउन २४

देशभर ९६ प्रतिशत खेतमा धान रोपेर सकियो, सुदूरपश्चिममा भयो शतप्रतिशत रोपाइँ
पोखरा महानगरपालिका-३२ तल्लो गगनगौँडा बेलबुटे क्षेत्रबाट देखिएको रोपाइँ गरिएको धानखेत र पृष्ठभूमिमा माछापुच्छ्रे हिमाल। तस्बिर : वासुदेव पौडेल/रासस


काठमाडौं। देशभर ९६ प्रतिशत धान रोपाइँ सकिएको छ। साउन २२ गतेसम्म ७ प्रदेशमा धान रोपाइँ गत वर्षको तुलनामा धेरै भएको हो।

GBIME
Tata

यतिबेला सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत धान रोपाइँ भएको छ। त्यस्तै, लुम्बिनी प्रदेशमा ९७ प्रतिशत, बागमतीमा ९७ प्रतिशत, कर्णालीमा ९६ प्रतिशत, गण्डकीमा ९५ प्रतिशत, मधेशमा ९४ प्रतिशत र कोशीमा ९३ प्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ।

करिब १३ लाख १६ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ। यो वर्ष देशभर धान रोपाइँ करिब १३ लाख ७० हजार ६२ हेक्टरमा हुने अनुमान गरिएको छ।

गत वर्ष यही अवधिमा देशभर ९१ प्रतिशत रोपाइँ भएको थियो।