काठमाडौं। नेपाल प्रिमियर लिग दशैँ लगत्तै शुरु हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार कार्तिक ९ गतेबाट सुरु भएको एनपीएल मंसीर ५ गतेसम्म चल्नेछ। कार्तिकको ८ गते दशैँको अन्तिम दिन अर्थात कोजाग्रत पूर्णीमा छ। एनपीएल चलिरहँदा तिहार, छठलगायतका पर्वहरु पर्नेछन्।
क्यानले यसअघि पहिलो र दोस्रो संस्करण सम्पन्न गरिसकेको छ। यो संस्करणका लागि अक्सन पनि टुंगिइसकेको छ। अहिले टिम सन्तुलन मिलाउन फ्रेन्चाइजहरुले धमाधम विदेशी खेलाडीको अनुबन्धन थालेका छन्।
एनपीएलमा यसपटक घोषणा गरिएको हाइ प्रोफाइल खेलाडी हुन् बंगलादेशी अलराउण्डर शकिब अल हसन्। उनलाई यसपाला पोखरा एभेन्जर्सले अनुबन्धन गर्ने साविक विजेता लुम्बिनी लायन्सले नामिबियाका रुबेन ट्रम्पलमनलाई अनुबन्ध गरेको छ। त्यस्तै जनकपुर बोल्ट्सले त अमेरिकी अलराउण्डर हरमीत सिंहलाई कप्तान नै बनाएको छ। अन्य टोली पनि विदेशी खेलाडी भित्र्याउन जुटेका छन्।