BIZMANDU
www.bizmandu.com

अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिँदा वडाध्यक्ष पक्राउ, कागजात किर्ते र ठगी आरोप

२०८३ साउन २३

अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिँदा वडाध्यक्ष पक्राउ, कागजात किर्ते र ठगी आरोप
अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिँदा वडाध्यक्ष पक्राउ, कागजात किर्ते र ठगी आरोप

नवलपरासी। जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी मदन थापाका अनुसार यादवलाई शुक्रबार राति बर्दघाट क्षेत्रबाट पक्राउ गरिएको हो।

Tata
GBIME

उनीमाथि जग्गासम्बन्धी विषयमा सरकारी कागजात किर्ते, जालसाजी र सर्वसाधारणलाई ठगी गरेको आरोप छ। नवलपरासी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई खोजिरहेको थियो।

पक्राउबाट बच्न यादवले उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट अल्पकालीन अन्तरिम आदेश लिएका थिए। तर, उच्च अदालतले शुक्रबार उक्त आदेशलाई निरन्तरता दिन आवश्यक नदेखिएको भनी आदेश जारी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

शनिबार अदालत बन्द रहेकाले उनलाई हिरासतमा राखिएको छ। सोमबार अदालत खुलेसँगै म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ। रासस