काठमाडौं। नेपालका लागि बीवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले पोखरामा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
कम्पनीले फ्ल्यास मोबिलिटी प्रालिसँग मिलेर पोखरा महानगरपालिका-१० स्थित बुद्धचोकमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो।
सर्भिस सेन्टर सञ्चालनमा आएसँगै पोखरामा बीवाइडीको थ्रीएस (सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स) सुविधा पूर्णरूपमा उपलब्ध भएको साइमेक्स इंकले जनाएको छ।
सर्भिस सेन्टरको शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका छन्।
पोखराका बीवाइडी ग्राहकले कम्पनीबाट तालिमप्राप्त थर्ड पार्टी सर्भिस पार्टनरमार्फत बिक्रीपछिको सेवा प्राप्त गर्दै आएकामा अब आधिकारिक सर्भिस सेन्टर सञ्चालनले उनीहरुलाई सहज भएको छ।
साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले सर्भिस सेन्टरमा अत्याधुनिक प्राविधिक सेवा, जेन्युइन स्पेयर पार्ट्स लगायत उपलब्ध हुने बताए। ‘पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याउनु भनेको विश्वस्तरीय पूर्वाधार, दक्ष प्राविधिक, जेन्युइन स्पेयर पार्ट्स तथा ग्राहक केन्द्रित सेवामार्फत उत्कृष्ट र इमानदार सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको निरन्तरता हो,’ उनले भने।
७ हजार २३३ वर्गफिट क्षेत्रफलमा फैलिएको सर्भिस सेन्टरमा चारवटा आधुनिक भेहिकल लिफ्ट, छुट्टाछुट्टै मर्मत क्षेत्र, हाई-भोल्टेज प्रणालीमा काम गर्ने विशेष कार्यक्षेत्र, जेन्युइन स्पेयर पार्ट्स स्टोरेज र डेडिकेटेड भेहिकल वासिङ बे लगायत सुविधा उपलब्ध छ।
यसले दैनिक १६ वटासम्म सवारीसाधनलाई सेवा प्रदान गर्न सक्ने क्षमता राख्ने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।