BIZMANDU
www.bizmandu.com

नेप्से सूचक ४.०५ अंकले घट्दा १८४ कम्पनीका लगानीकर्ताले गुमाए, कारोबार रकम ३.७७ अर्बमा सीमित

२०८३ साउन २२

नेप्से सूचक ४.०५ अंकले घट्दा १८४ कम्पनीका लगानीकर्ताले गुमाए, कारोबार रकम ३.७७ अर्बमा सीमित
नेप्से सूचक ४.०५ अंकले घट्दा १८४ कम्पनीका लगानीकर्ताले गुमाए, कारोबार रकम ३.७७ अर्बमा सीमित

काठमाडौं। सेयर बजार लगातार दोस्रो दिन घटेको छ। नेप्से परिसूचक शुक्रबार ४.०५ अंक घटेर २६५०.०९ विन्दुमा आएको छ।

Tata
GBIME

उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएका हुन्।

बजारमा १८४ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ६.९३ प्रतिशतले घटेको छ।

सूचकसँगै कारोबार रकम पनि घटेको छ। बिहीबार ४ अर्ब ६२ करोड रुपैयाँको सेयर किनबेच भएकामा शुक्रबार कारोबार रकम ३ अर्ब ७७ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ।

सोलु हाइड्रोपावरको सबैभन्दा धेरै ३९ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यस्तै, रिडी पावर कम्पनीको २३ करोड २ लाख र सानिमा बैंकको १७ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

८६ कम्पनीको सेयर मूल्य बढेको छ। आत्मनिर्भर लघुवित्तको सबैभन्दा धेरै ८.५४ प्रतिशतले सेयर मूल्य बढेको छ।