BIZMANDU
www.bizmandu.com

देवेनरा समूहको निवासमा छापा मार्दा सूचना प्रमाणिकरण र विश्लेषण नभएको प्रहरी मुख्यालयको ठहर

२०८३ साउन २२

देवेनरा समूहको निवासमा छापा मार्दा सूचना प्रमाणिकरण र विश्लेषण नभएको प्रहरी मुख्यालयको ठहर
देवेनरा समूहको निवासमा छापा मार्दा सूचना प्रमाणिकरण र विश्लेषण नभएको प्रहरी मुख्यालयको ठहर

काठमाडौं । विराटनगरको औद्योगिक घराना देवेनरा समूहको निजी निवास र कार्यालयमा प्रहरीले गरेको सर्च अपरेसनप्रति प्रहरी संगठन भित्रै प्रश्न उठेको छ।  

Tata
GBIME

साउन १८ गते प्रहरीले विरानगरमा सो सोहीको घरमा करिब ५ घण्टा खोजतलास गरेको थियो। सर्वसाधारणलाई नै हिँड्न रोकेर बाटो बन्द गरेर गरिएको सर्च अपरेसनबाट केही पनि फेला नपरेपछि प्रहरीमाथि प्रश्न उठेको थियो। यसै विषयमा विराटनगर प्रहरीले छापा मार्नु अघि सूचनाको विश्लेषण नगरेको देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको हो।

‘विराटनगरको व्यापारीकोमा छापा हान्दा सूचनाको प्रमाणिकरण र विश्लेषण भएन भन्ने हेडक्वाटरको विश्लेषण छ,’ प्रहरी प्रवक्ता डिआइजी अबि नारायाण काफ्लेले भने।

देवेनरा समूह जेजे ज्वेलर्स नामक चाँदीका गहना उद्योग, बाबा आयल रिफाइनरी र हाइलाइफ चप्पल उद्योग सञ्चालन गर्दै आएको औद्योगिक समूह हो। जेजे ज्वेलर्स नेपालको सबैभन्दा ठूलो चाँदी उद्योग हो।

प्रहरीले उनीहरुको घर र कार्यालयबाट केही पनि प्रमाण फेला पार्न सकेको थिएन।