BIZMANDU
www.bizmandu.com

एनएसीले चाडपर्वलाई लक्षित गरी जापानमा उडान थप्ने, वाइडबडी जहाज एक महिनापछि फर्कियो

२०८३ साउन २२

एनएसीले चाडपर्वलाई लक्षित गरी जापानमा उडान थप्ने, वाइडबडी जहाज एक महिनापछि फर्कियो
Tribhuvan International Airport, plane, airlines photos by Prabin Ranabhat


काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)ले जापानमा उडान थप्ने भएको छ। एनएसीले चाडपर्वलाई लक्षित गर्दै आगामी असोज २ गतेदेखि जापानमा साताको चार वटा नियमित उडान गर्ने भएको हो।

Tata
GBIME

काठमाडौं-नारिता-काठमाडौं उडान मंगलबार, बिहीबार, शुक्रबार र आइतबार सञ्चालन गर्ने तालिका बनाएकव एनएसीले जनाएको छ। एनएसीले जापानमा हाल सातामा तीनवटा उडान गर्दै आएको छ।

एनएसीको ९एन एएलवाई कलसाइनको वाइडबडी जहाज नियमित मर्मत सम्भार (सी-चेक) सम्पन्न गरी एक महिनापछि बिहीबार स्वदेश फर्किएको छ। जहाज चौथो सी-चेकका लागि गत असार २३ गते इटली पठाइएको थियो।

जहाजले नियमित उडान थालेको छ। एनएसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडानका लागि ग्राउण्डह्याण्डलिङ सेवाको तयारी पूरा गरेको बताएको छ।