BIZMANDU
www.bizmandu.com

प्रतिनिधिसभा बैठकमा उभिने घोषणा गरेका थिए यादवले, सरकारलाई सभामुखको रुलिङपछि बसे

२०८३ साउन २२

प्रतिनिधिसभा बैठकमा उभिने घोषणा गरेका थिए यादवले, सरकारलाई सभामुखको रुलिङपछि बसे
प्रतिनिधिसभा बैठकमा उभिने घोषणा गरेका थिए यादवले, सरकारलाई सभामुखको रुलिङपछि बसे

काठमाडौं । नेपाली कांग्रेसका सांसद् चन्द्रमोहन यादवले प्रतिनिधिसभाको बैठक अवधिभर उभिने घोषणा गरेका छन्।

Tata
GBIME

बैठकमा उनले धनुषाको ढल्केबरमा ट्रमा सेन्टर बनाउनुपर्ने भन्दै सरकारसँग जवाफ माग्दै दिनभर बैठकमा उभिने बताएका हुन्।

त्यसपछि सभामुख डोल प्रसाद अर्यालले उनलाई बस्न पटक पटक आग्रह गरेका थिए। तर पनि उनी बैठकमा उभिएर विरोध जनाइरहे।

‘ट्रमा सेन्टरका कति रिक्यारमेन्ट हुन्छ। ढल्केबर पुरै मधेशप्रदेशको केन्द्रजस्तो छ। म सरकारको विरोधमा र आन्दोलनरत जनताको पक्षमा उभिने घोषणा गर्छु,’ उनले भने।

उनले बस्न नमानेपछि सभामुख अर्यालले सरकारलाई उनको विरोधको विषयमा सदनमा जानकारी गराउन रुलिङ गरेका छन्।

सभामुखले रुलिङ गरेपछि भने यादव आफ्नो कुर्सीमा बसेका छन्।