BIZMANDU
www.bizmandu.com

अपराधका घटनामा वृद्धि : बैंकिङ कसुरका मुद्दा धेरै, सम्पत्ति शुद्धीकरणका १९६ प्रतिवादी फरार

२०८३ साउन २२

अपराधका घटनामा वृद्धि : बैंकिङ कसुरका मुद्दा धेरै, सम्पत्ति शुद्धीकरणका १९६ प्रतिवादी फरार
अपराधका घटनामा वृद्धि : बैंकिङ कसुरका मुद्दा धेरै, सम्पत्ति शुद्धीकरणका १९६ प्रतिवादी फरार


काठमार्डौ । गएको आर्थिक वर्ष २०८२/८३ मा देशभर आर्थिक अपराधका घटना बढेको प्रहरीको तथ्यांकले देखाएको छ।

GBIME
Tata

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार गत आर्थिक वर्ष ४.३१ प्रतिशतले अपराध बढेको पाइएको हो। गएको आर्थिक वर्ष ६० हजार ६१ वटा मुद्दा दर्ता भएका थिए I अघिल्लो आर्थिक वर्ष २०८१ / ८२ मा भने ५८ हजार ४७२ वटा मुद्दा दायर भएको थियो I

अघिल्लो वर्ष झै गएको आर्थिक वर्ष पनि बैंकिङ कसुरका मुद्दा सबैभन्दा धेरै दर्ता भएको प्रहरीको रेकर्ड छ। गएको आर्थिक वर्षमा १२ हजार ९५० वटा मुद्दा दर्ता भएको देखिएको हो। सबैभन्दा धेरै काठमाडौं उपत्यकाभित्र बैकिङ कसुर अन्तर्गत ६ हजार २२ वटा मुद्दा दायर भएका थिए I

त्यस्तै, सो अवधिमा सम्पत्ति शुद्धीकरणमा १५ वटा अभियोजन भएको जनाइएको छ I गत आर्थिक वर्ष प्रहरीले यसमा ५३ जना पक्राउ गरेर २७ अर्ब ६ २ करोड ५ लाख बिगो माग गरेको थियोI

अहिले प्रहरीले सम्पत्ति शुद्धीकरणमा ४४ वटा मुद्दामा अनुसन्धान गरिरहेको डिआइजी अबि नारायण काफ्लेले जानकारी दिएका छन्I ती मुद्दामा ३०२ जनालाई प्रतिवादी बनाइएको छ जसमा १९६ जना फरार रहेको उनले बताए।