BIZMANDU
www.bizmandu.com

रुपन्देहीको रोहिणीमा नापी भएको ५८ वर्षपछि लालपुर्जा, २७१ परिवार बने जग्गाधनी

२०८३ साउन २२

रुपन्देहीको रोहिणीमा नापी भएको ५८ वर्षपछि लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
रुपन्देहीको रोहिणीमा नापी भएको ५८ वर्षपछि लालपुर्जा, २७१ परिवार बने जग्गाधनी

काठमाडौं। रुपन्देहीको रोहिणी गाउँपालिकामा जग्गा नापी भएको ५८ वर्षपछि स्थानीय स्वबासीले लालपुर्जा पाएका छन्।

Tata
GBIME

साविकको बोधबार र पर्सा गाउँ विकास समिति क्षेत्रमा जग्गा नापी भएको ५८ वर्षपछि शुक्रबार स्थानीय स्वबासीले लालपुर्जा पाएका हुन्।

२०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको क्षेत्रमा कुल ३२४ वटा कित्ता दर्ता कायम भएकामा २७१ वटा लालपुर्जा सम्बन्धित जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको छ। लालपुर्जा पाएसँगै जग्गाको स्वामित्व कानुनीरूपमा सुनिश्चित भएको छ।

स्थानीय स्ववासीले लामो प्रतीक्षापछि आफ्नो नाममा लालपुर्जा पाएकामा खुसी व्यक्त गरेका छन्।