BIZMANDU
www.bizmandu.com

सन नेपाल लाइफ इन्स्योरेन्सका सीइओ अर्याल चार महिनापछि फर्किए काममा

२०८३ साउन २२

सन नेपाल लाइफ इन्स्योरेन्सका सीइओ अर्याल चार महिनापछि फर्किए काममा
सन नेपाल लाइफ इन्स्योरेन्सका सीइओ अर्याल चार महिनापछि फर्किए काममा


काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल चार महिनापछि काममा फर्किएका छन्।

Tata
GBIME

कर्मचारीका लागि आरक्षित ४ लाख ९० हजार कित्ता सेयर वितरणमा मनोमानी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गत चैत १६ गते पक्राउ गरेका अर्याल बिहीबारबाट काममा फर्किएका हुन्।

उनी गत चैत २६ गते नै रिहा भएका थिए। त्यतिखेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अर्याललाई हिरासतमा राख्नका लागि दोस्रो पटक म्याद थप गर्न अस्वीकार गरेको थियो।

बिहीबार बसेको सञ्चालक समितिको निर्णय अनुसार अर्याल पूर्ववत काममा फर्किएको कम्पनीले जनाएको छ। सीआइबीले मुद्दा चलाउनका लागि अनुसन्धान प्रतिवेदन नै नबुझाएपछि अर्याल काममा फर्किएका हुन्।